पाल्पामा अस्पतालबाटै हराएको नवजात शिशु अझै भेटिएन ।

सीसी टीभीको फुटेजमा देखिएकी बच्चा लिएर हिड्दै गरेकी महिला ।

आँधीखोला खवर/पाल्पा
पाल्पामा शुक्रबार अस्पतालबाटै हराएको शिशु अझै फेला परेको छैन । शिशु चोर्ने महिला सीसी टीभीको फुटेजमा देखिएकी भए पनि पहिचान गर्न कठिन भएको प्रहरीले जनाएको छ ।
तानसेनमा रहेको लुम्बिनी मेडिकल कलेज, प्रभासमा जन्मिएको केही घण्टामै शिशु गायब भएको थियो । तानसेन नगरपालिका ९ की २२ वर्षीया जमुना रानाले जन्माएको शिशु हराएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । शुक्रबार बिहान ११ बजे रानाले जन्माएको छोरा दिउँसो ३ बजे तिर हराएको प्रहरीको भनाइ छ ।
जमुनाकी आमा शिशुलाई लिएर क्यान्टिनमा ज्वानोको झोल लिन जाँदा शिशु हराएको हो । जमुनाकी आमाले ज्वानो झोल लिएर फर्किने क्रममा एक अपरिचित महिलाले ‘म ल्याइदिन्छु, तपाईँ हिँड्नुस् भन्दै शिशु लिएको र त्यहीँबाट शिशु लिएर भागेको प्रहरीले जनाएको छ ।
ीसी टीभीको फुटेजमा कुर्ता सुरुवाल लगाएकी, अगाडि शिशु र पछाडि झोला बोकेकी महिलाले शिशु बोकेर अस्पतालबाट बाहिरिएको भिडियो प्रहरीले फेला पारेको हो ।

Facebook Comments Box
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
३ हप्ता अगाडि

काठमाडौं : नेपाल संस्कृत विश्वविद्यालयको परिमार्जित नयाँ पाठ्यक्रममा आधारित रहेर तयार पारिएको नविन कृति ‘शब्दशास्त्रविज्ञानम्’ को एक विशेष समारोहका बिच…

TOP