विदेश जाँदा–आउँदा लैजान र ल्याउन पाउने वस्तुको नयाँ सूची सार्वजनिक, के कति ल्याउन पाईन्छ ?
काठमाडौं । २०७३ जेठ २३ गतेको झिटीगुण्टा आदेश विस्थापित गरी सरकारले विदेश जाँदा–आउँदा लैजान र ल्याउन पाउने बस्तुको नयाँ सूची सार्वजनिक गरेको छ । अर्थमन्त्रालयले खासगरी सुन र चुरोटतर्फ सूची परिवर्तन गरेको हो । तर, यात्रुले भने बेलैमा जानकारी नहुँदा भन्सार जाँच–पासमा समस्या पर्ने गरेको गुनासो गरेका छन् । विदेशबाट फर्कने नेपालीले अब काँचो सुन एकसय ग्रामसम्म भन्सार तिरेर ल्याउन पाउने छन् । काँचो सुनमा ५० ग्रामसम्म प्रति १० ग्राम ६ हजार २ सय र सोभन्दा माथि प्रति १० ग्रामको ७ हजार ३ सय रुपैयाँ राजश्व तिर्नु पर्ने छ । १ सयग्रामभन्दा माथि काँचो सुन ल्याए जफत हुने छ । ५० ग्रामसम्मको गहना निःशुल्क ल्याउन पाइने छ भने सोभन्दा माथि १ सय ५० ग्रामसम्म प्रति १० ग्राम ७ हजार २ सय र १ सय ५० ग्रामदेखि माथी प्रति १० ग्राम ९ हजार ३ सय रुपैयाँ भन्सार तिर्नु पर्ने छ ।
अरु के के ल्याउन पाईन्छ ?
– चुरोट, एक लिटरसम्म मदिरा, सात किलोसम्म खाद्य परिकार, २ हजार रुपैयाँसम्मको फलफूल र ५ हजार रुपैयाँसम्मको खानेकुरा ।
– मोबाइल, ल्यापटप, ३२ इन्चसम्मको टीभी, ट्याबलेट, घडी, क्यामरा, पोनड्राइभ एक–एक थान ।
– औषधि उपचार गराई बिरामीले ल्याएको औषधि, शारीरिकरुपमा अशक्त यात्रुले सहाराका लागि प्रयोग गरेका समाग्री ।
– ५ सय ग्रामसम्मको चाँदीको गहना, एक लाख रुपैयाँ मूल्यसम्मको जवाहिरात जडित सुन वा चाँदीका साथमा ल्याएको गहना ।
विदेश जाँदा नेपालमा उत्पादन भएको ५० हजार रुपैयाँसम्मको २१ केजी सामान लैजान पाउने व्यवस्था गरिएको छ । विदेशबाट फर्किनेलाई नयाँ व्यवस्थाको जानकारी नहुँदा जाँचपासमा समस्या भएको छ । यात्रुले भन्सार जाँच–पासमा विचौलियाको विगविगी बढेको गुणसोसमेत गरेका छन् । नयाँ व्यवस्थाले सीमानाका भएर आवत–जावत गर्ने व्यक्तिलाई कुनै छुट वा साहुलियत दिएको छैन । अर्थ मन्त्रालयले भन्सार ऐन २०६४ को प्रावधानअनुसार गरेको परिवर्तन हाल लागू भइरहेको छ । नयाँ आर्थिक वर्षको बजेटले घोषणा गरेका केही प्रावधान भने जेठ १५ जेठबाटै कार्यान्वयनमा आइसकेको छ ।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


