काठमाडौंमा जारी महिला फुटवल प्रतियोगितामा वालिङ्द्वारा शम्भुनाथ नगरपालिकामाथि ११-० को जित।
तोलाकान्त बगाले / वालिङ् :
काठमाडौंमा आज (शनिबार) भएको अन्तर नगरपालिका स्तरीय उपमेयर कप महिला फुटवल प्रतियोगितामा स्याङ्जाको वालिङले बिजयी शुरुवात गरेको छ ।
अखिल नेपाल फुटवल संघ एन्फाको आयोजनामा शुक्रबारदेखि शुरु भएको उपमेयर कप अन्तर नगरपालिकास्तरीय महिला फुटवल प्रतियोगिता अन्तर्गत वालिङले पहिलो खेलमा शम्भुनाथ नगरपालिका सप्तरी माथि फराकिलो गोल अन्तरले जीत निकालेको हो ।
सशस्त्र प्रहरी बलको हेडक्वाटर हलचोकमा भएको समूह ‘ए’ को खेलमा वालिङ नगरपालिकाले शम्भुनाथ नगरपालिका सप्तरीलाई ११–० को फराकिलो गोल अन्तरले पराजित गरेको एन्फा स्याङ्जाका महासचिव भीम पंगेनीले बताउनुभयो ।
वालिङको जीतका लागि सरस्वती हमालले ४, शान्ताले ३, अस्मिता रनपाल, मनमाया दमै, लेखमाया मास्कीले १÷१ गोल र एक गोल आत्मघाती भएको प्रशिक्षक दिलिप थापाले बताउनुभयो । वालिङले आईतबार बिहान दाङको घोराही उपमहानगर नगरपालिकासँग प्रतिस्पर्धा गर्ने वालिङ नगर कार्यपालिका सदस्य एवम् टिम ब्यवस्थापक रेखा थापाले बताउनुभयो । देशभरीका कूल १८ नगरपालिकालाई चार समूहमा विभाजन गरिएको छ भने समूह विजेताले मात्रै सेमिफाईनलमा प्रवेश पाउने छ ।
प्रतियोगितामा प्रथम हुने नगरपालिकाले नगद पाँच लाख र द्वितीय हुने नगरपालिकाले नगद तीन लाख प्राप्त गर्ने छन् ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…



