वालिङमा दिसाजन्य लेदो ब्यवस्थापन सम्बन्धि छलफल ।

तोलाकान्त बगाले / वालिङ :
वालिङमा शुक्रबार दिसाजन्य लेदो ब्यवस्थापनका क्षेत्रमा हालसम्म भएका गतिविधिहरुका बारेमा अन्तरक्रिया गरिएको छ । नेपालका पाँच वटा नगरपालिका र बंगलादेशका पाँच वटा नगरपालिकामा दिसाजन्य लेदो ब्यवस्थापनका क्षेत्रमा हाल भईरहेका कार्यहरुको बारेमा एकापसमा छलफल तथा अनुभव आदान प्रदान गरिएको हो ।
अनुभव आदान प्रदान कार्यक्रममा बोल्दै वालिङ नगरपालिकाका प्रमुख दिलिपप्रताप खाँणले दिसाजन्य लेदो ब्यवस्थापनसम्बन्धी संभाव्यता अध्ययन गर्ने कार्य सकिएकाले अब आवश्यक नीति निर्माण तथा डिजाईन गरी विस्तृत कार्ययोजना बनाएर लागू गर्ने बताउनुभयो ।
“हामीले दिसाजन्य लेदोलाई उचित ब्यवस्थापन गर्न नसकेकै कारण समस्याको रुपमा लिएका छौं” नगर प्रमुख खाँणले भन्नुभयो, “वास्तवमा यो समस्या नभई आम्दानीको स्रोत हो ।”
“दिसाजन्य लेदो ब्यवस्थापनको संभाव्यता अध्ययनको रिपोर्ट आईसकेको छ” नगर प्रमुख खाँणले भन्नुभयो, “अब हामीले मिथेन ग्याँस र कम्पोष्ट मल बनाउनका लागि डिजाईन शुरु गर्छौं ।” गत मङ्सीरमा नेपाल नगरपालिका संघ र वालिङ नगरपालिकाबिच दिसाजन्य लेदो ब्यवस्थापनसम्बन्धी कार्यपत्रमा सम्झौता भएको थियो ।
वालिङ नगर उपप्रमुख कल्पना तिवारीले छिटोभन्दा छिटो दिसाजन्य लेदोलाई आर्थिक स्रोतकोरुपमा रुपान्तरण गर्ने बताउनुभयो ।
गण्डकी प्रदेशबाट वालिङ नगरपालिका, २ नं. प्रदेशबाट सिराहाको लहान नगरपालिका, ३ नं. प्रदेशबाट काभ्रेको धुलिखेल नगरपालिका, ५ नं. प्रदेशबाट दाङको लमही नगरपालिका र ७ नं. प्रदेशबाट कञ्चनपुरको भीमदत्त नगरपालिकामा दिसाजन्य लेदो ब्यवस्थापनको काम भईरहेको छ ।
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
१ महिना अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…