वालिङ नगरपालिकाको एकीकृत शहरी विकासका बारेमा अन्तरक्रिया ।


आँधीखोला खवर/वालिङ :
अष्ट्रेलियन भोलेन्टियर्स कार्यक्रम अन्तर्गत वालिङ नगरपालिकामा एकीकृत शहरी विकासका क्षेत्रमा कार्य गर्नका लागि आउनुभएका ज्याक केलीलाई स्वागत तथा अन्तरक्रिया गरिएको छ ।
वालिङ नगरपालिकाले एकीकृत शहरी विकास, शिक्षा तथा स्थानीय सरकार सञ्चालनका क्षेत्रमा विज्ञता हासिल गरेका ब्यक्तिहरुबाट निशुल्करुपमा अनुभव तथा सहकार्यका लागि ईच्छा गरेपछि एकीकृत शहरी विकासका क्षेत्रमा नगरपालिकालाई सघाउ पु¥याउनका लागि ज्याक केली एक वर्षका लागि वालिङ आउनुभएको हो ।
एकीकृत शहरी विकासका क्षेत्रमा अष्ट्रेलिया तथा कम्बोडियामा काम गरेर अनुभव संगाल्नु भएका केलीसित वालिङ नगरपालिकाले उहाँको अनुभवलाई प्रयोग गर्ने नगर प्रमुख दिलिपप्रताप खाँणले बताउनुभयो ।
“हामीले अष्ट्रेलियन दुतावासमार्फत तीन जना भोलेन्टिएर माग गरेका थियौं” नगर प्रमुख खाँणले भन्नुभयो, “पहिलो चरणमा एक वर्षका लागि एकीकृत शहरी विकासका क्षेत्रमा कार्य गर्नका लागि केलीलाई पाएका छौं आगामी दिनहरुमा माग गरे बमोजिम अन्य भोलेन्टिएरहरु पनि आउनुहुने छ ।”
वालिङ नगरभित्र छरिएर रहेका गाउँ बस्तीहरुलाई एकै ठाउँमा ल्याउन र संभावना भएका ठाउँहरुमा नयाँ शहरहरुको विकास गर्नमा अनुभवहरु आदान प्रदान गरिने नगर प्रमुख खाँणले बताउनुभयो ।
एकीकृत शहरी विकासका लागि चासो भएर वालिङ आउनुभएका केलीले एकवर्षको अवधिमा सबैको सहयोग र सहकार्यबाट मात्रै योजनाहरु बनाउन सकिने धारणा राख्नुभयो ।
समाचार
थप सामाग्री-
धार्मिक तथा सामाजिक सद्भावको सन्देश दिन पोखरामा साइकल र्याली हुने ।
-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी

स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
१ महिना अगाडि
काठमाडौँ : नेपाल टेलिभिजनका बरिष्ठ समाचार सम्पादक शालिक सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ २०८१ बाट सम्मानित हुनु भएको छ । स्वास्थ्य…