वालिङ—८ मा सुनौला हजार दिनका आमालाई अण्डा वितरण ।

तोलाकान्त बगाले/वालिङ :
एकसय पन्ध्र जना सुनौला हजार दिनका आमा तथा बच्चालाई बिहीबार अण्डा वितरण गरिएको छ । वालिङ ८ नं. वडा कार्यालयले वडाभित्र रहेका एकसय पन्ध्र जना सुनौला हजार दिनका आमा तथा बच्चालाई एक/एक क्यारेटका दरले अण्डा वितरण गर्नुकासाथै उनीहरुको क्षमता अभिवृद्धि र पोषणसम्बन्धी अभिमुखीकरण दिईएको हो ।
सुनौला हजार दिनका आमाको पोषणसम्बन्धी कार्यक्रम अन्तर्गत वडाबाट बिनियोजित रु पचास हजार रकमले यो कार्यक्रम सञ्चालन गरिएको वडा अध्यक्ष कमलप्रसाद सुबेदीले बताउनुभयो । “सुनौला हजार दिनका आमा र वच्चाको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै वडाले अण्डा वितरण अभियान सञ्चालन गरेको हो” वडा अध्यक्ष सुबेदीले भन्नुभयो, “यो अभियानलाई हामीले आगामी दिनमा पनि निरन्तरता दिंदै जाने छौं ।”
गर्भवती वा सुत्केरी अवस्थामा आमा र बच्चाको स्वास्थ्यप्रति अति नै सजग रहनुपर्ने भएकाले पनि वडाले सुनौलो हजार दिनका आमाहरुलाई पोषणसम्बन्धी सचेतना तथा अण्डा वितरण गरेको कार्यपालिका सदस्य युगमाया पंगेनीले बताउनुभयो ।
सुनौला हजार दिनका आमा र बच्चाको स्वास्थ्यमा टेवा पु¥याउने गरी योजना बनाई रकम बिनियोजन गर्ने वडा सदस्य अनन्तराज शर्माले बताउनुभयो ।
सुनौला हजार दिनका आमाहरुलाई सचेतना कार्यक्रममा विशेष गरी घरमै उत्पादन भएका पौष्टिक तत्वहरुको अधिकतम प्रयोग गर्नतर्फ अभिप्रेरित गरिएको वडा सदस्य चेतनारायण श्रेष्ठले बताउनुभयो ।

बच्चा आमाको गर्भमा रहेको दिनदेखि एक हजार दिन अर्थात् जन्मिएको दुई वर्षसम्ममा बच्चाको ८० प्रतिशत मस्तिष्कको विकास भइसक्ने भएकाले सुनौला हजार दिन अन्तर्गत खास गरेर बच्चामा कुनै पनि किसिमको कुपोषण नदेखियोस् भन्ने हेतुले अण्डा वितरण कार्यक्रम सञ्चालन गरेको वडा सचिव प्रेमनारायण सुबेदीले बताउनुभयो ।
अण्डा वितरण कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका शान्ता अर्याल, दियालो गैरसरकारी संस्था सुआहारा कार्यक्रम फिल्ड सुपरभाईजर कमला शर्मा पौडेल, ओमसुवा गुरुङ लगायतले सुनौला हजार दिनका अवधिमा पोषणयुक्त खानेकुरा खानुपर्नेमा जोड दिनुभएको थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


