वालिङलाई देश कै पहिलो क्षयरोग मुक्त नगर बनाउने अभियान थालियो ।

तोलाकान्त बगाले /वालिङ :
स्मार्ट नगरको अवधारणामा अगाडि बढ्दै गरेको वालिङ नगरपालिकालाई पहिलो क्षयरोग मुक्त नगर बनाउन काम थालिएको छ । अन्तर्राष्ट्रिय स्वतन्त्र युवाहरुको नेटवर्कमार्फत यस अभियान सञ्चालन गरिएको कार्यक्रममा संस्थापक मधुसुदन काफ्लेले बताउनुभयो ।

यस अभियानमार्फत पहिलो चरणमा वालिङ नगरपालिकाका विभिन्न स्वास्थ्य संस्था, विद्यालय, विभिन्न क्लबहरुमा पुगेर यहाँ क्षयरोग सम्बन्धीको अवस्थाका बारेमा जानकारी लिई सकिएको र दोस्रो चरणमा नगरपालिका, विषय विशेषज्ञहरु तथा राष्ट्रिय क्षयरोग केन्द्रसँग सल्लाह एवं परामर्श गरी कार्य थालिने संस्थापक काफ्लेले बताउनुभयो ।
“उपत्यका बाहिर वालिङ नगरपालिकामा पहिलो पटक स्वास्थ्य संस्था, विद्यालय, क्लबहरुमा पुगेर यहाँको अवस्थाका बारेमा जानकारी लिएका छौंं” संस्थापक काफ्लेले भन्नुभयो, “यहाँ देखिएका समस्याहरुका बारेमा मध्यस्त कर्ताको भूमिकाबाट सरोकारवाला पक्षहरुलाई राखेर छलफल चलाउँछौं र समाधानका लागि आवश्यक सहयोग गर्छौं ।”
विश्व स्वास्थ्य संगठनले तयार पारेको उपकरण पनि आजै नगर प्रमुख खाँणलाई प्रदान गरेको छ । वालिङ नगरपालिकालाई क्षयरोग मुक्त नगर बनाउनका लागि वालिङ नगरपालिका प्रतिबद्ध रहेको नगर प्रमुख दिलिपप्रताप खाँणले बताउनुभयो ।
“वालिङ नगरपालिकालाई क्षयरोग मुक्त नगर बनाउनका लागि नगरपालिकाको तर्फबाट खेल्नुपर्नेमा भूमिकामा कुनै कमी महशुष हुने छैन” नगर प्रमुख खाँणले भन्नुभयो, “यस अभियानलाई आगामी तीन वर्षमा सक्ने गरी काम गर्नका लागि नगरस्थित सरोकारवालाहरुको सक्रिय सहभागिताको पनि अपेक्षा गर्दछु ।”
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


