सरकार संवृद्ध देश बनाउन लागि परेकोे छ : पुर्वउपप्रधामन्त्री रायमाझी ।

आँधीखोला खवर / वालिङ :
पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले समृद्ध देश बनाउन सरकार लागी परेको बताउनुभएको छ । स्याङ्जाको वालिङमा शनिवार भएको भेटघाट कार्यक्रममा बोल्दै पुर्व उपप्रधानमन्त्री रायमाझीले युवालाई विदेश पलायनबाट रोक्न कृषि र पर्यटनकीय संभावनाहरुलाई उपयोग गर्नुपर्नेमा जोड दिनुभयो । ३ तहको सरकारबीचमा सहकार्य र सहयोगको आधारमा विकासलाई अगाडि बढाउन सकिने उहाँले स्पष्ट पार्नु भयो ।

स्याङ्जामै आर्कषणको रुपमा रहेको गह्रौँसुर मन्दिरलाई संरक्षण तथा प्रर्वद्धन गरी धार्मिक पर्यटक भित्र्याउन सकिने भन्दै नेता रायमाझीले भन्नुभयो सिद्धार्थ राजमार्ग अन्र्तगत वालिङ खण्ड सडक विस्तार निकै प्रशंसनीय कार्य रहेको छ । उहाँले थप्नुभयो, “यहाँका जनताको सहकार्यमा सिद्धार्थ राजमार्ग फराकिलो पार्ने कार्य जारी रहेछ यो अत्यन्तै राम्रो पक्ष हो ।” सिद्धार्थ राजमार्ग स्तारोन्नति गरी पोखरा, वालिङ, गल्याङ, मिर्मि आर्घखाँची हुँदै सुर्खेत पु¥याउने योजना रहेको उहाँको भनाई छ । वालिङ नगरपालिकाको कार्यालयमा भएको भेटघाट कार्यक्रममा जनप्रतिनिधी संगै नेकपाका नेताहरुको उपस्थिती रहेको थियो ।
समाचार
थप सामाग्री-
एमालेले सबै निर्वाचन क्षेत्रका उम्मेदवार टुङ्ग्यायो यी हुन् एमालेका उम्मेदवार : को- कहाँ ? (सूचीसहित)
-
प्रथम ॐ कार कपको उपाधि एनएएफसी पोखरालाई
-
स्याङ्जामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थपियो ।
-
स्याङ्जाका दुबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना ।
-
आयुर्वेद चिकित्सा परिषदमा दर्ता भएका जनशक्तिबाट मात्र सेवा लिन आग्रह
प्रथम खुमा अर्याल टि–२० रनिङ कप क्रिकेट सुरु हुँदै ।
२ दिन अगाडि
स्याङ्जा : प्रथम खुमा अर्याल टि–२० रनिङ कप क्रिकेट प्रतियोगिता शुक्रबारबाट सुरु हुँदैछ । पुतलीबजार नगरपालिका –१ मालेबगर खेलमैदानमा खुमा…


