पोखरा महानगरपालिकाको कार्यालयमा कांग्रेसले लगायो ताला ।
कास्की – पोखरा महानगरपालिकाले ल्याएको बजेटप्रति असहमति जनाउँदै आएका कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले महानगरपालिकाको कार्यालयमा ताला लगाइदिएका छन् ।
बजेट विनियोजनमा विभेद गरेको आरोप लगाउँदै नगरसभा स्थल पोखरा सभागृह हलमा बजेट किताब च्यातेर बाहिरिएका थिए । तालाबन्दी पछि कांग्रेस जनप्रतिनिधिहरुले महानगरपालिकाको मूल गेट अगाडि प्रदर्शनसमेत गरेका छन् । कांग्रेस जनप्रतिनिधिहरुको तालाबन्दी र प्रदर्शनको कारण महानगरपालिकाको दैनिक कामकाज प्रभावित भएको छ ।
महानगरपालिकाले ल्याएको बजेट वितरण समानुपातिक नभएको र भविष्यमा हुने कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचनलाई लक्षित गरी बजेट ल्याइएको कांग्रेसबाट निर्वाचित वडाध्यक्ष शंकर बास्तोलाले आरोप लगाउनुभएको छ । महानगरपालिकाले भने कांग्रेसका जनप्रतिनिधिहरु बजेट किताब च्यातेर बाहिरिएका भए पनि बहुमतले बुधबार नै बजेट पारित गरेको छ । १ सय ७० सदस्य रहेको पोखराको नगरसभामा ४८ जना काँग्रेसका सदस्य छन् भने बाँकी सबै नेकपाका हुन् ।
बजेट पारित भए पनि यसलाई नसच्याउने हो भने निरन्तर आन्दोलन गर्ने र कार्यान्वयन हुन नदिने चेतावनी कांग्रेसतर्फका जनप्रतिनिधिहरुले दिएका छन् । नेकपाले जितका वडामा धेरै बजेट पारिएको र कांग्रेसले जितेका वडामा कम बजेट पारिएको आरोप पनि कांग्रेसको छ । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले बजेटमा कुनै विभेद नभएको दाबी गर्नुभएको छ ।
समाचार
थप सामाग्री
अपराध नियन्त्रण र अनुसन्धानमा सघाउन अर्जुनचौपारीमा १३ सीसीटीभी जडान
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित बजार क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउने तथा अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले १३…


