सामुदायीक भवन निर्माणका लागि ढकाल परिवारले दिए निशुल्क जग्गा ।


श्रीकृष्ण सिग्देल / वालिङ :
वालिङ नगरपालिका १ का ढकाल परिवारले खत्रीखोला आमा समुहलाई निशुल्क जग्गा प्रदान गरेका छन् । सामुदायीक भवन निर्माणका लागि ढकाल परिवारले करिव ३ आना जग्गा निशुल्क दिएका हुन् । स्थानीय कृष्णप्रसाद र शारदा ढकालले आफ्ना बुवाआमा स्वर्गीय दुर्गाप्रसाद सावित्रा ढकालको स्मृतिमा निशुल्क जग्गा उपलव्ध गराएका हुन् । वालिङ नगरपालिकाका प्रवक्ता एवं वडा अध्यक्ष केदार काफ्लेको उपस्थितीमा ढकाल परिवारले खत्रीखोला आमा समुहका अध्यक्ष दमयन्ती रेग्मीलाई लालपुर्जा हस्तान्तरण गर्नु भएको हो ।

खत्रीखोला आमा समुहकै नाममा रजिष्ट्रेसन पास गरेर ढकाल परिवारले सामुदायीक भवनका लागि जग्गा निशुल्क दिएको नगर प्रवक्ता केदार काफ्लेले जानकारी दिनुभयो । सामुदायीक भवनका लागि वडाले केही रकम छुट्टाएको थियो प्रवक्ता काफ्लेले भन्नुभयो,“जग्गा नहुदा भवन बनाउन कठिन भएको थियो ढकाल परिवारले जग्गा दान गरेपछि भवन बनाउन बाटो खुल्यो ।”ढकाल परिवारले समाजका लागि जग्गा दान गरेर उदाहरणीय काम गरेको भन्दै काफ्लेले प्रशंशा गर्नुभयो । विकास निर्माणमा सबैले हातेमालो गर्नु पर्ने आवश्यक रहेको औल्याउदै प्रवक्ता काफ्लेले हामी सबैले ढकाल परिवारबाट सिक्नुपर्ने धारणा व्यक्त गर्नु भयो । नगरपालिकाको नमुना वाड बनाउने गरी आफु अगाडि बढेको बताउदै प्रवक्ता काफ्लेले सबै वडावासीको साथ सहयोगको अपेक्षा गर्नुभयो ।

कार्यक्रममा वडा सदस्य देवी रेग्मी, जग्गा दाता कृष्णप्रसाद ढकाल, टोल विकास संस्थाका अध्यक्ष रामबहादुर खत्री र आमा समुहका अध्यक्ष दमयन्ती रेग्मीले जग्गा नभएर सामुदायीक भवन बनाउन नसकिरहेको अवस्थामा ढकाल परिवारले जग्गा उपलव्ध गराएपछि भवन बनाउन सहज भएको बताएका थिए । सो अबसरमा ढकाल परिवारका दम्पतीलाई सम्मान समेत गरिएको थियो । ढकाल परिवारले रु ५ लाख मुल्य पर्ने ३ आना जग्गा निशुल्क उपलव्ध गराएको हो ।
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
१ महिना अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…