मिल्छ भने बजेट फिर्ता लैजाउ : प्रदेश सांसद मल्ल ।

प्रकाश डोटेल/स्याङ्जा :
गण्डकी प्रदेशका सांसद भागवत प्रकाश मल्लले स्याङ्जा क्षेत्र नं. २ को ‘ख’ मा आर्थिक वर्ष २०७६/०७७ का लागि विनियोजित बजेट मिल्छ र ईज्जत बढ्ने भए फिर्ता लग्न प्रदेश सरकारलाई चेतावनी दिनु भएको छ । उहाँले विनियोजन विधेयक २०७६ माथि छलफलका क्रममा भौतिक पूर्वाधार विकास मन्त्रालयसँग सम्बन्धित विषयमा कुरा राख्दै उक्त चेतावनी दिनुभएको हो ।

आफ्नो निर्वाचन क्षेत्रमा विनियोजित बजेटले क्रमागत योजना मात्र समेटेकोमा आपत्ति प्रकट गर्नुभयो । नयाँ योजना सहित क्रमागत योजनालाई अगाडी नबढाएको भन्दै सांसद मल्लले आपत्ति प्रकट गर्नु भएको हो । मन्त्रालयका योजनाहरु उपलब्धी मुलक बन्न नसक्ने उहाँले ठोकुवा गर्नु भयो ।

“स्याङ्जाको निर्वाचन क्षेत्र २ को ख मा दुई नगरपालिका एक गाउँपालिका सडकमा क्रमागत बाहेक एउटा पनि सडक राखिएको छैन्, यसमा गम्भिर असहमति छ ।” उहाँले भन्नुभयो, “हामीले हाम्रो सम्भयताका रुपमा लिएको कालीगण्डकी किनार हुदै गल्याङ् देखि पहाडको भित्री मधेश कृषीको अथाहा सम्भाबना भएको चापाकोट नगरपालिकालाई जोडने सडकमा सरकारले आवश्यकता अनुसार चासो दिनुपर्ने हो तर दिन सकेन ।” उक्त सडकलाई कालोपत्रे गर्न मात्रै सकेको खण्डमा प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउन सकिने सांसद मल्लको विचार थियो ।

“निर्वाचन भएर सरकार बनेको पनि करिब ढेड वर्ष भयो, सरकार बनेपछि हामीले नागरिकको सेवामा अपेक्षाकृत काम गर्न सक्यौ या सकेनौं, त्यो नागरिकले अनुभूति गर्ने कुरा हो ।” सांसद मल्लले भन्नुभयो, हाम्रो प्रयास सधै सकारात्मक रहन्छ । मतदाताले मतदान गर्ने समयमा जुन अपेक्षा गरेका थिए, सरकारले हालसम्म त्यो अपेक्षालाई पूर्ति गर्न सकेको छैन् ।” सरकारको काम कारबाही प्रभावकारी बनाउने दायित्व हाम्रो पनि हो, त्यहि सन्दर्भमा म संसदको यो रोष्टमममा उभिएको छु । सरकारको कामलाई जनमूखी बनाउने आफ्नो प्रयास रहेको उल्लेख गर्नुभयो ।
“सरकारको नीति तथा कार्यक्रममा दुई स्थानीय तह, दुई जिल्ला, दुई प्रदेश र दुई आर्थिक केन्द्र तथा वडा देखि स्थानीय तहसम्म जोड्ने सडकलाई प्राथमिकता दिईने छ भनेर भन्ने तर बजेट त्यस अनुसार नबनाउने, यसले नीति एकातिर र बजेट अर्कोतिर बनेको आभाष भएको छ ।” उहाँले भन्नुभयो, प्रदेश सरकार बनेपछि आम नागरिकको आधारभूत आवश्यकता मध्ये खानेपानीको व्यवस्था गरिने छ भनेर भनियो । तर हालसम्म खानेपानीमा सर्वसाधारणको पहुँच पु¥याउन सरकारले बजेट विनियोजन गर्न पनि सकेको छैन् ।”

“आम कृषकले उपभोग र उपयोग गर्ने सिंचाई क्षेत्रलाई समेत सिमित घेरामा राखेर सरकारले सिंचाईका नाममा के गर्न खोजेको हो ? सिंचाईका योजनाहरुलाई नेतामुखी बनेकोमा भत्र्सना गर्दछु ।” सांसद मल्लले भने, “सिंचाईका योजनालाई कृषकमुखी बनाउन पर्दछ ।”

“स्याङ्जा जिल्ला निर्वाचन क्षेत्र २ को ख मा पर्ने सेतीबेनी देखि तत्लो भाग केलादीघाटसम्म पर्दछ, हाम्रो गण्डकी प्रदेशको पहिचानका रुपमा लिएको सेतीबेनी शिला संरक्षणमा सरकारले ध्यान दिन सकेन, सेतीबेनी शिला संरक्षणको पर्खाईमा छ, त्यस्तै धार्मिक शक्तिपिठका रुपमा रहेको केलादीघाट मन्दिरको विकास र संरक्षणमा समेत प्रदेश सरकारले विभेद ग¥यो ।” सांसद मल्लले भन्नुभयो, “यो सरकारले दुई वर्षभित्र प्रदेश अन्र्तगत आवश्यक भएका ठाउँमा झोलुङ्गे पुल निर्माण गर्ने भनेर भन्यो तर मेरो क्षेत्रमा प्रश्ताव गरेको ठाउँमा एउटा पनि झोलुङ्गे पुल भएन् ।”

भनिन्छ लोकतन्त्रमा पिछडिएको क्षेत्र र वर्गलाई बढि प्राथमिकता दिईन्छ तर यहाँ बजेट पिछडिएको क्षेत्र र वर्गलाई होईन सत्ता पक्ष केन्द्रित देखिएको सांसद मल्लले आरोप लगाउनु भयो । उहाँका अनुसार स्याङ्जाको चापाकोट नगरपालिका वडा नं. ८ मा रहेको कुमाल जातीको संग्राहालय पूर्वाधार निर्माण गर्ने तर्फ बजेटले मागलाई सम्बोधन गर्न सकेन ।

Facebook Comments Box
TOP