ग्रहौंकालिका मन्दिर सम्म पुग्ने पदमार्गको शिलान्यास ।

तोलाकान्त बगाले /वालिङ : ग्रहौं कालिका मन्दिर सम्म पुग्ने पदमार्गको बिहीबार वालिङ ८ चिथाकभञ्ज्याङमा शिलान्यास गरिएको छ ।
पदमार्गको शिलान्यास गर्दै बरिष्ठ समाजसेवी लक्ष्मीकान्त रेग्मीले विकास निर्माणमा सबैले हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले स्थानीयको सक्रियतामा थालनी गरिएको पदमार्ग तोकिएको समयमै पूरा गरेर छाड्नुपर्ने बताउनुभयो । ग्रहौंकालिका मन्दिरमा आन्तरिक तथा बाह्य पर्यटकहरुको ओहोर दोहोरमा यो पैदलमार्गले महत्वपूर्ण भूमिका खेल्ने विश्वास ब्यक्त गर्नुभयो ।
“आफ्नो गाउँ ठाउँको विकासका लागि स्थानीय नै बढी सक्रिय भएर लाग्नुपर्छ” बरिष्ठ समाजसेवी रेग्मीले भन्नुभयो, “सही कार्यको थालनी गर्नुभएको छ ग्रहौं कालिका देवीको हामीलाई साथ छ जसरी नि पूरा हुन्छ ढुक्क भएर अगाडि बढ्नुहोस् ।”

कार्यक्रममा वडा नं. ८ का वडा अध्यक्ष कमलप्रसाद सुबेदीले ग्रहौं कालिका मन्दिरसम्म पुग्नका लागि यो पदमार्ग छोटो हुने र आग्रीडाँडामा होमस्टेको बनाउनका लागि तयारी भैरहेकाले पनि यस ठाउँको महत्व अझै बढेर जाने विचार ब्यक्त गर्नुभयो । विकासको पूर्वाधार बाटो पनि महत्वपूर्ण रहेको बताउँदै अध्यक्ष सुबेदीले छिटोभन्दा छिटो काम सम्पन्न गर्न पनि आग्रह गर्नुभयो ।
शिलान्यास समारोहमा कार्यपालिका सदस्यहरु युगमाया पंगेनी, गीता रनपाल, ग्रहौंसुर धार्मिक तथा पर्यटकीय केन्द्रका उपाध्यक्ष दुर्गाप्रसाद उपाध्याय लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
चिथाकभञ्ज्याङ ग्रहौं कालिका मन्दिर पदमार्ग उपभोक्ता समितिका अध्यक्ष केशभक्त गुरुङको सभापतित्वमा सम्पन्न शिलान्यास समारोहको सञ्चालन तिलकराम उपाध्यायले र स्वागत ग्रहौंसुर धार्मिक तथा पर्यटकीय केन्द्रका अध्यक्ष सुरजप्रताप खाँणले गरेका गर्नु भएको थियो ।
चिथाकभञ्ज्याङ ग्रहौं कालिका मन्दिर पदमार्ग संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, वालिङ नगरपालिकाबाट १५ लाख अनुदान, स्थानीय जनसहभागिता एक लाख ७५ हजार ७३३ गरी कूल १६ लाख ७५ हजार ७३३ रुपैयाँको लागतमा असार मसान्तसम्म निर्माण सक्ने गरी सम्झौता भएको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


