वालिङ १ मा बस्दै आएका दलित समुदायलाई कुखुराको चल्ला ।

सुशील सुबेदी / वालिङ :
दलित लक्षित कार्यक्रम अन्तर्गत वालिङ नगरपालिका १ नं को वडा कार्यालयले कुखुराको चल्ला बितरण गरेको छ । १ नं मा बस्दै आएका ५० जना दलित समुदायलाई आत्मनिर्भर बनाउन प्रेरीत गर्ने उदेश्यले चल्ला बितरण गरिएको हो । आर्थिक बर्ष ०७५ /०७६ को दलित समुदाय लक्षित कार्यक्रम अन्तर्गत बिनियोजित ५० हजार रकमबाट उनीहरुलाई चल्ला बितरण गरिएको वालिङ नगर प्रवक्ता एवं वडा अध्यक्ष केदार काफ्लेले बताउनु भयो । प्रति घर परिवारलाई ८ वटाको दरले चल्ला बितरण गरिएको हो ।
दलित समुदायलाई कुखुराको चल्ला हस्तान्तरण गर्दै नगर उप—प्रमुख कल्पना तिवारीले चल्लाको सहि सदुपयोग गर्दै उत्पादनमा जोडिन आग्रह गर्नुभयो । कुखुरा पाल्ने पेशामा आकर्षित गर्न यो अभियानले मद्धत पुर्याउँछ । ’
वालिङ नगरपालिका १ नं वडा कार्यालयले बेला बेलामा यस्तै यस्तै जनता लक्षित कार्यक्रम गर्दै आएको वडा अध्यक्ष केदार काफ्लेले बताउनु भयो । उहाँले भन्नुभयो,‘ भौतिक बिकाशसँगै आम जनस्तरको दैनिकीमा पनि बिकाश हुनुपर्दछ ।’ यो सानो उपहार तालिम र भत्तामा खर्च नगरी प्रत्यक्ष जनताको घर घरमा आत्मनिर्भरताको ज्ञान सिकाउन प्रयोगमा ल्याएका हौं काफ्लेले बताउनु भयो । ८ वटा कुखुराको चल्ला सँगै अझ थप कुखुरा पाल्न सके आर्थिक परिबर्तन दलित समुदायमा आउने लक्ष्य अनुरुप चल्ला बितरण गरिएको उहाँको भनाई छ ।
कार्यक्रममा बोल्दै नारामा कृषी प्रधान देश , व्यवहारमा भने भारतबाट निर्यात गर्ने शैली लाजमर्दो भएको जिबलाल काफ्लेले बताउनु भयो । ‘सबैले बाँझो जमिनको सदुपयोग गरौँ । कृषी श्रेत्रमा परनिर्भरता होईन आत्मनिर्भरता चाहिएको छ । दोष कसैको छैन । पहिले आँफुलाई आँफैले सुधाँरौ । ’ , काफ्लेले भन्नु भयो ।
नेपाल कृषी प्रधान देश भएपनि कृषी उत्पादन निर्यात गुर्नपर्ने बिषय लाजमर्दो भएको स्थानीय जिबलाल काफ्लेले बताउनु भयो । उहाँले भन्नु भयो, ‘दोष सरकारको होईन , दोष हाम्रो हो । कृषक र कृषी पेशालाई सम्मान गरौँ । ’
कुखुराको चल्ला हातमा समाउँदै सुधा बि.क भन्नुहुन्छ, ‘वडाले भत्ता सहित तालिम दिएको भए एक छाकको मासु पुग्थ्यो होला , चल्ला बितरण गरेर छोराछोरीलाई निरन्तर अण्डा खुवाउन पाउने छौँ । ’
वडाबाट पाएको चल्लालाई बिउ कुखुराको रुपमा हुर्काउने र थप कुखुरा पाल्न हौसला मिलेको स्थानीय लिल बहादुर रनपाल भन्नुहुन्छ , ‘वडाले दलित बर्गको नाममा बिनियोजित रकमको सदुपयोग ग¥यो , अब चल्लाको सदुपयोग गरेर देखाउनु हाम्रो कर्तव्य हो । ’
चल्ला वितरण कार्यक्रममा वडा सदस्य सिता बिकले स्वागत गर्नु भएको थियो । समाजसेवी पदम बहादुर खत्री , गुणनिधी काफ्ले लगाएतले दलित समुदायले यस चल्लाको सदुपयोग गर्दै आत्मनिर्भर बन्नु पर्ने बताए । वडा सचिब बुद्धीसागर पंगेनीले कार्यक्रमको संञ्चालन गर्नु भएको थियो ।
समाचार
थप सामाग्री-
आमा औसीको अवसरमा बुद्धाश्रममा सामग्री वितरण र गण्डकी कोटिहोममा महायज्ञको उत्साह
-
गण्डकी कोटिहोम महायज्ञ प्रचारका लागि साइकल र्याली सम्पन्न
-
व्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘हेफर आधारशिला’ तालिम ।
-
धार्मिक तथा सामाजिक सद्भावको सन्देश दिन पोखरामा साइकल र्याली हुने ।
-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।

सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
४ हप्ता अगाडि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी ठगीको मुद्दा थुनामा पठाउन उच्च अदालत तुलसीपुरको बुटवल इजलासले आदेश दिएको…