स्याङ्जा सदरमुकामको सहिदचोकमा पुष्पलाल श्रेष्ठको शालिक नराख्न कांग्रेसको माग ।
भवानी अधिकारी/ स्याङ्जा :
पुतलीबजार नगरपालिका १ स्थित सहिदचोकमा नगरपालिकाले कम्यूनिष्ट नेता पुष्पलाल श्रेष्ठको शालिक राख्न लागेको भन्दै नेपाली कांग्रेस स्याङ्जाले प्रमुख जिल्ला अधिकारी कोशहरि निरौला लगायत अन्य सरोकारवाला पक्षलाई ध्यानाकर्षण गराएको छ । कांग्रेसले जिल्ला समन्वय समिति प्रमुख सीता सुन्दास, पुतलीबजार नगर कार्यवाहक प्रमुख महेश पुरी, जिल्ला प्रहरी कार्यालय प्रमुख राजकुमार लम्साल र वडाध्यक्ष निर्मलकुमार शेरचनको ध्यानाकर्षण गराउदै नेपालको लोकतान्त्रिक आन्दोलनमा नेपाली कांग्रेसको नेतृत्वले जनभावना अनुसारको भूमिका निर्वाह गर्दे अन्य राजनीतिक दलहरुसंगपनि सहमति र सहकार्यगर्दे यहासम्म आइपुगेको जनाईएको छ ।

ज्ञापन पत्र वुझाउदै नेपाली काग्रेस स्याङजा
कांग्रेसका कार्यवाहक सभापति बुद्धिबहादुर राना –कुमारद्धारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा नेता पुष्पलालप्रति पार्टीको उच्च सम्मान रहेको बताउदै २०६२÷०६३ को जनआन्दोलनपछि बनेको मन्त्रिस्तरीय निर्णयबाट सर्वोच्च कमाण्डर एवं लोैहपुरुष गणेशमान सिंहको प्रतिमा राख्ने निर्णय भएकोमा स्थानीय राजनीतिक दलबीच विवाद हुदा निर्माण कार्य स्थगित भएको र सबै राजनीतिक सहमतिपछि मात्र निर्माण गरिने निर्णय भएको उल्लेख छ । अत : सहकार्य र सहमतिको मन्त्रलाई आत्मसाथ गर्दै अघि बढ्न सुझाव दिइएको छ । कांग्रेसको सहमति र सहकार्य वेगर कार्य भएमा नेपाली कांग्रेस टुलुटुलु हेरेर नबस्ने जनाउदै जे जस्तो परिणाम आएपनि प्रतिकारमा उत्रने चेतावनी समेत दिइएको छ । ज्ञापनपत्र बुझदै प्रमुख सीता सुन्दास, प्रजिअ कोशहरि निरौला, कार्यवाहक प्रमुख महेश पुरीले राजनीतिक दलको सहमति वेगर आफुहरुले कुनै कार्य नगर्ने जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री-
एमालेका थापाको संकल्प पत्र : सिद्धार्थ राजमार्ग र आँधीखोला जलाशय पहिलो प्राथमिकतामा
-
उद्यमविकासमा उदाहरणीय काम गरेका कांग्रेस उमेदवार ढकालको १० बुँदे संकल्प सावजनिक
-
स्वतन्त्र उम्मेद्वार नेपालीद्वारा काँग्रेसका ढकाललाई समर्थन
-
समृद्ध स्याङ्जा र सुखी स्याङ्जालीको सङ्कल्पमा क्षेत्र नं २ मा खिम बहादुर थापा
-
कांग्रेसका ढकाल र मल्लको सङ्कल्पपत्र :सिद्धार्थ राजमार्ग स्तरोन्नति देखि ‘कृषि हब’ निर्माणसम्मको प्रतिबद्धता
नीतिगत सुधार गर्न भरतराज चुनावी मैदानमा
४ दिन अगाडि
प्रकाश डोटेल/स्याङ्जा : मुक्तिनाथ कृषि कम्पनीका संस्थापक अध्यक्ष भरतराज ढकालले कृषिमा मूल्य श्रंखला, कृषि क्षेत्रको संस्थागत विकास र रोजगारी सृजनामा…


