वालिङमा महिलाहरुका लागि सीप मुलक १५ दिने तालिम ।
तोलाकान्त बगाले/ वालिङ :

वालिङ नगरपालिकाले महिलाहरुलाई आय आर्जन तथा सीपमूलक तालिम प्रदान गरेको छ ।
वालिङ नगरपालिकाको आयोजना र आदर्श नेपाल सामाखुसी काठमाडौंको सहयोगमा महिलाहरुका लागि आय आर्जन तथा सीपमूलक पोते र क्रिष्टलका चुरा बनाउने एवम् मखमलको थैली र पर्स बनाउने १५ दिने तालिम प्रदान गरेको हो ।
तालिमको समापन समारोहमा बोल्दै वालिङ नगर उपप्रमुख कल्पना तिवारीले सीपले मानिसलाई जीउन सिकाउने बताउँदै तालिममा सिकेका सीपको सही सदुपयोग गरी आर्थिक लाभ लिन आग्रह गर्नुहोस्् । उहाँले महिला दिदीबहिनीहरुलाई लक्षित गरी सञ्चालन गरिएको तालिमले भोलिका दिनमा उद्यमी बन्नमा सहयोगी हुने विश्वास ब्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुबेदीले एकल वा सामूहिकरुपमा जसरी सहज हुन्छ त्यसरी नै उद्योगहरु सञ्चालन गर्न सुझाव दिंदै वालिङ नगरपालिका पनि सहयोगका लागि सँगसँगै रहेको धारणा राख्नुभयो ।
कार्यक्रममा कार्यपालिका सदस्य गीता रनपाल, प्रशिक्षक कल्पना मल्ल, पत्रकार श्रीकृष्ण सिग्देल, सहभागीहरुबाट सीता थापा र कृष्णा मल्ल लगायतले तालिम निक्कै उपयोगी रहेको धारणा ब्यक्त गरेका थिए ।
नगर उपप्रमुख कल्पना तिवारीको सभापतित्वमा सम्पन्न समापन समारोहको सञ्चालन सामाजिक विकास अधिकृत पदमप्रसाद पाण्डेले गर्नुभएको थियो । जेठ २ गतेबाट शुरु भएको तालिममा वालिङ नगरपालिकाका १४ वटै वडाबाट गरी ६० जनाको सहभागिता रहेको थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


