सत्तारुढ नेकपाका वडा अध्यक्षका उमेद्वार सहित दर्जनौ कार्यकर्ता कांग्रेसमा प्रवेश ।

आँधीखोला खवर/ गल्याङ् :
हिमाल पहाड तराई मधेस नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियानको पहिलो चरणको कार्यक्रम अन्तिम चरणमा पुगेको छ । नेपाली कांग्रेस स्याङ्जाले राष्ट्रिय जागरण अभियानलाई सहरदेखि गाउँसम्म कार्यक्रम गर्दै लगेको छ । वैशाख २५ गते कांग्रेसको जिल्ला कार्यालय स्याङ्जाबाट शुरु गरेको राष्ट्रिय जागरण अभियान जेष्ठ २५ गते वालिङ बजारमा आमसभा गरेर समापन गर्दैछ ।
यसैवीच स्याङ्जा कांग्रेसले गल्याङ् नगरपालिका स्तरीय जागरण अभियान क्रममा सत्तारुढ नेकपाका सय भन्दा वढी कार्यकर्ता कांग्रेसमा प्रवेश गरेकाछन् ।
गत स्थानीयतहको चुनावमा गल्याङ् नगरपालिकाको ३ नम्वर वडामा तत्कालिन माओवादीका तर्फबाट वडा अध्यक्ष उठेका तिर्थ राना कांग्रेसमा प्रवेश गर्नु भएको कांग्रेसका युवा नेता गुरु प्रसाद भट्टराईले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै कांग्रेस प्रवेश गरेका रानाले माओवादीले जनातालाई धोका दिएको आरोप लगाउनु भयो । उहाँले कम्युनिष्टले नेपाली जनताको चाहना पुरा गर्न नसक्ने आरोप समेत लगाउनु भयो ।

गल्याङ्मा भएको जागरणसभामा कांग्रेस प्रवेश गर्नेहरुलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व उपप्रधानमन्त्री गोपालमान् श्रेष्ठ तथा अर्का केन्द्रिय सदस्य एवम् जागरण अभियानका लागि स्याङ्जा जिल्ला प्रतिनिधि गोविन्द प्रसाद भट्टराईले सदस्यतामा प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा नेता गोपालमान श्रेष्ठले कांग्रेसले मात्रै देशमा सम्बृद्धि ल्याउन सक्ने दावी गर्नुभयो ।
उहाँले वर्तमान कम्युनिष्ट सरकारले संबृद्धिको कुरा गरे पनि व्यवहारमा संबृद्धि ल्याउन नसक्ने दावी गर्नुभयो । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् जागरण अभियानका लागि स्याङ्जा जिल्ला प्रतिनिधि गोविन्द प्रसाद भट्टराईले अहिलेको अवस्थामा सरकारका काम कारवाहीले जनता दिक्क भैसकेको बताउनुभयो ।
संविधानसभाका सदस्य मोहन प्रसाद पाण्डे , नेपाली कांग्रेस महासमिति सदस्य तथा नेपाली कांग्रेस गल्याङ नगरसमिति संयोजक श्यामप्रसाद बस्याल,तरुणदल जिल्ला सचिव चन्द्र राना, जनक श्रेष्ठ, हेमा न्यौपाने लगायतले बोलके थिए ।

Facebook Comments Box
TOP