पाकिस्तानी ड्राइभर र नेपाली युवती
लक्ष्मण खनाल, यूएई-
भोलीपल्ट शुक्रबार । खाडीमा शुक्रवारको महत्व नै छुट्टै । हप्तामा ६ दिन काम गरेर आउने शुक्रबार साथीभाई भेटघाट, किनमेल र नेपालीले गर्ने कार्यक्रमहरुमा गएर दुःख विर्सिने परदेशी मध्ये म पनि एक हुँ । त्यसैले विहिवार नै मिनि शुक्रबार जस्तै लाग्छ । हो, म विहानै देखि भोलीको पर्खाइमा दुबईका सडकहरुमा दिनभर कुदिरहेको थिएँ । विहिबार कार्यालयको काम अलिक कम पनि हुन्छ ।
साँझपख कोठामा फर्किन दुवईबाट शारजाह तर्फ बाटो लागें । शारजाह प्रान्तको सीमामा पुग्नै लाग्दा गाडी ठिक छैन भन्ने लाग्यो । गाडीको इञ्जिनको खरावी थाहा पाए पछि शारजाहको औद्योगिक क्षेत्रमा रहेको डाइनाटे«ड अटोमोवाइल्स्मा गाडी बनाउन दिएँ । शनिबार मात्र गाडी पाइने भयो ।
म कोठामा जानको लागि ट्याक्सीको प्रतिक्षामा थिएँ । गर्मी धेरै छ । विहिवार त्यसै पनि ट्याक्सीहरु खाली भेट्न गाह्रो पर्छ । पसिनाले भिज्दै बाटोतिर हात हल्लाउँदै बसेको थिए । करिव ३० मिनेटको प्रतिक्षा पश्चात खाली ट्याक्सी भेटियो । मैले मेरो ठेगाना बताए । ट्याक्सी अगाडी बढ्यो । करिव ५ मिनेटको मौनता पछि उसले सोध्यो, ‘मुम्बई से हो ?(मुम्बईबाट हो)’
मैले होइनको जवाफ दिए ।
गुजरात ?
होइन म नेपाली रहेको बताएँ ।
‘हो र ? हेर्दा नेपाली जस्तो लाग्दैनस् । मलाई नेपाली मन पर्छ । मलाई नेपाल जाने मन छ ।’ उसले भन्यो ।
मैले सोधे तपाई कहाँबाट ?
‘पाकिस्तान पेसावर हो मेरो घर ।’
अनि मैले नेपालको बारेमा जानकारी दिने उद्देश्यका साथ नेपालको प्राकृतिक सौन्दर्यता र हावापानीको कुरा गरे । नेपाल घुम्नको लागि राम्रो ठाउँ रहेको जानकारी पनि गराए । अनि सोधें कहिले जानुहुन्छ ?
उसले कहिले जान्छु थाहा छैन तर एक पटक जान मन भएको बतायो अनि भन्यो मेरो‘पहिले एकजना साथी थिइन त्यसैले म एक पटक नेपाल जान चाहन्छु ।’
साथी थिइन ? को ? मैले सोधे ।
उसले भन्न थाल्यो, ‘कुरा आज भन्दा चार बर्ष अगाडीको हो । जति वेला म अजमान प्रान्तको ट्याक्सी चलाउने गर्थे । अहिले शारजाह ट्याक्सीमा छु । हो, त्यति बेला एक दिन एकजना नेपाली केटी ट्याक्सीमा बसिन । उनले बरदुबई नेपाली दुतावास जाने भनिन् । म उनलाई लिएर दुवई पुगे । दुवई पुगेर मैले नेपाली दुतावासको बारेमा सोधें । तर नेपाली दुतावास त अवुधावीमा रहेछ । अन्य देशका दुतावासहरु बरदुबईमा रहेको कारण नेपाली दुतावास पनि त्यही होला भनेर म गएको थिएँ । उनलाई पनि थाहा रहेनछ । अव उनलाई लिएर अजमान फर्कनु पर्ने भयो । मैले बाटोमा उनको बारेमा सोधे । उनी भिजिट भिषामा आएकी रहिछन । उनको जागिर रहेनछ । अजमान फर्कदै गर्दा बाटोमा मैले उनीबारे धेरै जानकारी लिए । उनी मात्र १७ बर्षकी रहिछन । ६ दिदी बहिनी मध्येकी कान्छी उनी पैसा कमाउन युएई आएकी थिइन् । उनकी दिदी पनि शारजाहमा घरेलु कामदारको रुपमा काम गर्ने रहिछन ।’
उ भन्दै गयो ‘अजमान पुगेपछि उनलाई उठाएको ठाउँमा नै पु¥याए । ट्याक्सीको मिटरमा १ सय ८९ युएई दिहराम्स उठेको थियो । तर उनीसँग मात्र ९० दिहराम्स रहेछ । मैले सोचे अव मैले उक्त पैसा लिएँ भने उ अप्ठ्यारोमा पर्नेछ भनेर । मैले उसलाई पैसा नलिने, पछि जागिर गरे पछि मलाई दिनु भन्दै मेरो सम्पर्क नम्वर दिएँ र विदा भएँ ।’
‘त्यसको करिव १० दिन पछि उनको फोन आयो । उनले आफ्नो दिदी शारजाहको अलखानमा रहने र दिदीकोमा नेपालबाट कोशेली आएको भन्दै उक्त समान ल्याइदिन अनुरोध गरिन । मैले उनको दिदीको सम्पर्क नम्वर लिएर उनको दिदीलाई भेटें र उनको कोशेली ल्याएर दिए । उनकी दिदी निक्कै सुन्दर थिइन । त्यसदिन पछि मैले बेला बेलामा उनको दिदीसँग सम्पर्क गर्थे । खासमा मलाई उनी निक्कै मन परेको थियो । करिव ६ महिना जति उनीसँग मेरो कुरा भइरहन्थ्यो । मलाई थाहा भयो उनको श्रीमानको मृत्यु भइसकेको रहेछ । उनलाई मैले भेट्नको लागि धेरै पटक अनुरोध गरें । उनीसँग विहे गर्ने प्रस्ताव पनि गरे । तर उनले इन्कार गरिन । केही समय पछि उनले सम्पर्क नम्वर परिवर्तन गरिन म उनीबाट सम्पर्कविहिन भएँ ।’
‘त्यसको केही महिना पछि फेरी तिनै बहिनीले फोन गरिन । उनले आफु खोरफुखानमा घरेलु कामदारको रुपमा काम गरेको र उनले दिनुपर्ने ट्याक्सी भाडा तिर्न फोन गरेको बताइन । मलाई अचम्म लाग्यो । इमान्दारिताको लागि गद्गद् भएँ । उनको दिदीको बारेमा सोधे । दिदी नेपाल गइसकिछन । मैले पैसा नलिने भन्दै उनलाई धन्यवाद दिएँ । त्यस पछि उनीसँग पनि मेरो सम्पर्क हुन सकेन ।’
उ आफ्नो विगतमा बगिरहेको थियो उसलाई रोक्दै मैले उसको नाम सोधे,
‘मोहमद युसुफ’ ।
युएई आएको ?
‘१८ बर्ष ।’
उसको परिवारमा श्रीमती, ४ छोरा र २ छोरी छन् । उनको जेठो छोरा शारजाहमा नै ट्याक्सी चलाउँछन । उमेरमा उ ५३ बर्षको भएछ । तर पनि अझै आफुलाई जवान सम्झन्छ ।
मेरो कोठा नजिकै पुगेपछि मैले रोक्ने अनुरोध गरे । उसको बिल तिरेपछि छुट्ने बेलामा उसले भन्यो,‘यदी अल्लाहले साथ दिए भने नेपालीसँग विहे गर्नेछु ।’ साभार—देशप्रदेश डटकम
समाचार
थप सामाग्रीकालीगण्डकीको उत्तरवाहिनीमा महामहोत्सव गरिने
३ हप्ता अगाडि
वालिङ : मातापिता प्रतिको सम्मान र सेवाभाव बढाउन कालीगण्डकीको उत्तरवाहिनीमा महामहोत्सव गरिने भएको छ । कालिगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानको आयोजनामा कालिगण्डकी…