वालिङका गृहणी महिलाहरु सामुहिक कार्यमा जुट्दै ।
कला राना/वालिङ
वालिङमा रहेका गृहणी महिलाहरु समुह मार्फत उत्पादन मुलक कार्यमा जोडिने प्रयास गरेका छन् । यहाँका न्युन आय भएका तर शिप सिकेका महिलाहरुको भेलाले समृद्धिका लागि उद्यमशीलता नामक संस्थाबाट सामुहिक कार्य गर्ने सोँच बनाएका हुन् । शनिबार वालिङमा बसेको महिलाहरुको भेलाले संस्थाका लागि तदर्थ समिति गठन गरेको छ । दुर्गा न्यौपानेको अध्यक्षतामा तदर्थ समिति गठन गरिएको हो । उपाध्यक्षमा कृष्ण मल्ल, कोषाध्यक्षमा मोनु थापा, सचिवमा कमला लम्साल र सहसचिवमा विष्णु खनाल रहनुभएको छ ।
संस्थालाई विधि र प्रक्रियाअनुसार दर्ता गरी उत्पादन मुलक कार्यमा महिलाहरु लाग्ने योजना रहेको बताईएकोछ । शिप लिएर व्यवसाय सञ्चालन गर्न नसकेका वालिङका महिलाहरुले सामुहिक कार्य गर्दा पुँजी समेत संकलन गर्ने र व्यवसायिक रुपमा अगाडि बढ्ने भएकाले महिलाहरु एक जुट भएका हुन् । महिलाहरुले सामुहिक रुपमा सेल रोटी, फुलमाला, नर्सरी, कपडाहरु समेत उत्पादन गरी बजारमा ल्याउने उद्देश्य बनाएका अध्यक्ष न्यौपानेले बताउनुभयो । वालिङमा धेरै नौला प्रकारका होटलहरु सञ्चालनमा आउँदा समुहले भने नयाँ खाजासेट सेलरोटी र केराको अचार बनाउने योजना महिलाहरुको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


