वालिङ ११ का कृषकहरु सहितको टोल भेला सम्पन्न ।
आँधीखोला खवर/वालिङ :
वालिङ ११ का कृषकहरु सहितको टोल भेला सम्पन्न भएको छ । आईपिएम पाठशाला सञ्चालनको लागि कृषकहरुको भेला गरिएको हो । भेलामा बोल्दै वालिङ नगरपालिकाका उपप्रमुख कल्पना तिवारीले आईपिएम अन्तगर्तको सामुहिक खेती प्रणालीलाई नगरपालिकाले प्राथमिकता दिने बताउनुभयो ।
कृषकले उत्पादन गरेका कृषि उपजलाई नगरपालिकाले व्यवस्थापन गरिदिने जानकारी दिदै उपप्रमुख तिवारीले विषादी रहितको उत्पादनमा जोड दिन कृषकहरुलाई आग्रह गर्नुभयो । भेलामा जनतालाई प्रत्यक्ष फाईदा पुग्ने खालका योजना चयन गर्न वडावासीलाई आग्रह समेत गर्नुभयो । कार्यक्रममा वडा नम्वर ११ का अध्यक्ष बषन्त कुमार मल्ल, नगर कृषि शाखा प्रमुख केशर बहादुर थापा लगायतले बोलेका थिए ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


