कांग्रेसको जागरणसभा आँधीखोला गाँउपालिकामा सम्पन ।
आँधीखोला खवर/ आँधीखोला :
नेपाली कांग्रेसको जागरणसभा आँधीखोला गाँउपालिकामा सम्पन भएको छ । आँधीखोला गाँउपालिका वडा नम्वर ५ कृषि पुलको मुखमा भएको कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य गोपालमान् श्रेष्ठले कांग्रेस एकजुट भएर लाग्न जरुरी रहेको बताउनुभयो । बर्तमान् सरकार अधिनायकवाद तर्फ अगाडि वढिरहेको भन्दै सरकारको क्रियाकलाप जनताले वुझिसकिको दावी गर्नुभयो । पूर्व उपाप्रधानमन्त्री समेत रहनुभएका नेता श्रेष्ठले कम्युनिष्टको नीति नै आफू मटाउने रहेको दावी गर्नुभयो ।

कार्यक्रमा अर्का केन्द्रिय सदस्य एवं जागरण अभियानका लागि केन्द्रिय प्रतिनिधी गोविन्द प्रसाद भट्टराईले जनतालाई जागरुक र सचेत बनाउनको लागि जागरण अभियान शुरु गरिएको जानकारी दिनुभयो । सरकार कै कारण देशमा हत्या हिंसा तथा अशान्ती वढेको भन्दै नेता भट्टराईले जनता जागरुक हुने बेला आएको जिकिर गर्नुभयो ।
जागरण सभामा कार्यक्रम संयोजक एवं महाधिवेशन प्रतिनिधि प्रेमराज पौडेल, महाधिवेशन प्रतिनिधी लेखमाया पौडेल, कांग्रेस नेता प्रदिप पौडेल लगायतले बोलेका थिए ।
आँधीखोला गाँउपालिकाका संयोजक नारायण प्रसाद पौडेलको अध्यक्षतामा भएको जनगाजरण सभाको सञ्चालन गीता चापागाईले गर्नु भएको थियो ।
जागरण अभियान अन्तर्गत भोलि फेदीखोलामा जागरण सभा हुने कांग्रेस स्याङ्जाका कार्यवहाक सभापति कुमार रानाले जानकारी दिनुभयो ।

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


