स्थानीय दुई परिवारले वडालाई दिए निशुल्क जग्गा ।

धनुवासे स्वास्थ्य चौकीमा रहेको वालिङ नगरपालिका वडा नम्वर २ को कार्यालय ।
तस्विर—दामोदर लम्साल

आँधीखोला खवर/ वालिङ

वालिङ नगरपालिका वडा नं. २ को वडा कार्यालयको भवन निर्माणका लागि दुई परिवारले आठ आना जग्गा उपलब्ध गराएका छन् ।

वालिङ २ सिमलचौपारीका सूर्यप्रसाद रेग्मी र ईश्वरीप्रसाद रेग्मीले चार आना, डबलप्रसाद रेग्मी र थानेश्वर रेग्मीले चार आना गरी कूल आठ आना जग्गा वडा कार्यालय भवन निर्माणका लागि निशुल्क उपलब्ध गराउनुभएको वडा अध्यक्ष पोतप्रसाद लम्सालले जानकारी दिनुभयो ।

चलन चल्तीको मूल्य अनुसार सूर्यप्रसाद रेग्मी र ईश्वरीप्रसाद रेग्मीले उपलब्ध गराउनुभएको चार आना जग्गाको बिक्री मूल्य करीब बीस लाख, डबलप्रसाद रेग्मी र थानेश्वर रेग्मीले उपलब्ध गराउनुभएको चार आना जग्गाको बिक्री मूल्य रु दश लाख गरी कूल तीस लाख बराबरको जग्गा निशूल्क प्राप्त भएको वडा अध्यक्ष लम्सालले बताउनुभयो ।

“वडाले पायक पर्ने स्थानमा वडा कार्यालयका लागि निशूल्क जग्गा माग गरेकाले हामीले निस्वार्थ भावले जग्गादान दिएका हौं” जग्गादाता सूर्यप्रसाद रेग्मीले भन्नुभयो, “आशा छ हामीले दिएको जग्गा सामाजिक हितका लागि प्रयोग भई वडाबासीहरु लाभान्वित हुनेछौं ।”

“वडालाई जग्गा प्राप्त भईसकेपछि अब कार्यालय भवनका लागि स्रोत जुटाउनतर्फ लाग्नेछौं” वडा अध्यक्ष लम्सालले भन्नुभयो, “वडालाई निशूल्क जग्गा उपलब्ध गराउनुहुने जग्गादाताहरुलाई वडाकोतर्फबाट धन्यवाद दिंदै सम्मान ब्यक्त गर्दछु ।”

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP