स्थानीय तह र मानव अधिकार विषयक अभिमुखीकरण ।
तोलाकान्त बगाले / वालिङ :
स्थानीय तह र मानव अधिकार विषयक अभिमुखीकरण कार्यक्रम सोमबार वालिङ नगरपालिकामा गरिएको छ ।
राष्ट्रिय मानव अधिकार आयोगको आयोजना र ईन्सेक पोखराको समन्वयमा वालिङ नगरपालिकाको सभाहलमा अभिमुखीकरण कार्यक्रम गरिएको हो ।
अभिमुखीकरणका कार्यक्रममा बोल्दै वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणले वालिङ नगरपालिका मानव अधिकारको रक्षा र सुशासनका क्षेत्रमा सचेत भएर लाग्ने विचार ब्यक्त गर्नुभयो । उहाँले मानव अधिकार मानव सभ्यतासँग जोडिएको विषय भएको बताउँदै हरेक तह र तप्काबाट मानवअधिकार तथा सुशासन कायम गर्ने गराउने कार्यमा लाग्न पनि आग्रह गर्नुभयो ।
वालिङ नगरपालिकाले सरकार कमभन्दा कम र नागरिककको सहभागिता एवं क्रियाशिलता बढीभन्दा बढी बनाउने गरी योजनाहरु बनाईरहेको बताउँदै नगर प्रमुख खाँणले भन्नुभयो, “यस अभियानमा नगरपालिकालाई हरेक ठाउँबाट आवश्यक सल्लाह, सुझावहरु दिन पनि म नगरबासीहरुलाई अनुरोध गर्दछु ।”

वालिङ नगरपालिका नगरवासीको ईच्छा र चाहना अनुसारको विकास निर्माण गर्न प्रतिबद्ध रहेको बताउनुभयो । कार्यक्रममा नगर उपप्रमुख कल्पना तिवारीले जबसम्म एकले अर्कोलाई सम्मान गर्ने वातावरणको सिर्जना हुँदैन तवसम्म आँफू पनि सम्मानित हुन नसक्ने भएकाले हाम्रो आनीवानीमा परिवर्तन गर्नु आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुबेदीले सरकारको ऐन कानूनहरुको कार्यान्वयनमा समस्या देखिएकाले सबै पक्षले आफ्नो कर्तब्य र दायित्वलाई सँगसँगै अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा वडा नंं १४ का अध्यक्ष झम्मरबहादुर श्रेष्ठ, रणबीर जनहित माविका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष जीवलाल काफ्ले, सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक यामबहादुर कुँवर लगायतले आ–आफ्नो मन्तब्य राख्नुभएको थियो ।
वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षा शाखाका बाबुराम सापकोटाले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


