सरकार नागरिकको मोैलिक हक खोस्न उद्दत— थापा ।

भवानी अधिकारी / स्याङ्जा :

संबिधानसभा सदस्य एवं महासमिति सदस्य राजु थापाले बर्तमान सरकार संबिधान त सुनिश्चित नागरिकका मोैलिक हक खोस्न उद्दत रहेको बताउनुभयो । बर्षौंदेखि नागरिककका वाक तथा अभिब्यक्ति स्वतन्त्रता सुनिश्चितताका लागि संघर्ष गरेको नेपाली कांग्रेस बर्तमान सरकारले ल्याएको प्रेस काउन्सिल बिधेयकको विपक्षमा रहेकोमा जोड दिनुभयो ।

राष्ट्रियता, लोकतन्त्र, समाजवाद, हिमाल, पहाड, तराई मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान अन्र्तगत नेपाली कांग्रेसद्धारा आयोजित जेठ १४ गते पुतलीबजार नगरपालिका १ स्थित बालमन्दिरमा संचालन हुन गईरहेको कार्यक्रमलाई भब्यताका साथ सम्पन्न गर्न पुतलीबजार नगर कार्यसमितिले बिहीवार राखेको छलफल एवं राय सुझाव संकलन कार्यक्रममा बोल्दै सदस्य थापाले सो कुरा बताउनुभएको हो ।

बिभिन्न चरणका राजनीतक आन्दोलनमा राजनीति दलहरुसंगै कलमका माध्यमद्धारा प्रेस स्वतन्त्रता र नागरिक स्वतन्त्रताका लागि आन्दोलनमा उत्रिएको पत्रकार जगतको योगदान र भूमिकालाई वर्तमान सरकारले यतिछिटै बिर्सन नहुनेमा उहाले जोड दिनुभयो । संघीय कानून नबन्दै स्थानीय ऐन बनाएर शैक्षिक क्षेत्रलाई तहस नहस बनाउन पनि स्थानीय तहहरु क्रियाशिल रहेको भन्दै दुई तिहाईको घमण्डमा प्रतिपक्ष दलको भूमिकालाई नगन्य देख्ने पालिका प्रमुखहरुको घमण्ड बढेको उहाले भन्नुभयो ।

कार्यक्रमममा नेपाली कांग्रेस स्याङ्जाका कार्यवाहक सभापति कुमार राना, महासमिति सदस्य हिरादेवी शर्मा, क्षेत्रीय सभापति तुलसीराम रेग्मी, का्रग्रेस नेता जीवलाल काफले, पार्टी प्रवक्ता ईन्द्रबहादुर गोदार, कांग्रेस नेताहरु कृष्ण अर्याल, मुन्ना शेख लगायतले अभियानलाई सफल बनाउन बिभिन्न सुझाव दिनुभएको थियो ।

पुतलीबजार नगरसभापति वेदप्रसाद दोरंगााको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव ध्रुवबन्धु पौडेलले गर्नुभएको थियो ।

Facebook Comments Box
TOP