वालिङ—१४ बाँयखोलामा बहुद्देश्यीय भवन निमार्ण हुदै ।
आँधीखोला खवर/ वालिङ :
वालिङ नगरपालिका वडा नम्वर १४ बाँयखोला/चालिसेमा बहुद्देश्यीय सामुदायिक भवनको निर्माण शुरु गरिएको छ । स्थानीय नवदुर्गा आमा समुह तथा नवदुर्गा कृषि समुहको सक्रियतामा भवनको निमार्ण कार्य शुरु गरिएको हो । वालिङ नगरपालिकाको रु ५ लाख,आमा समूहको ३ लाख तथा २ लाख बराबर जनश्रमदान लाग्ने स्थानीय डोलराज डुम्रेले जानकारी दिनुभयो । २ तले भवन आगामी बर्ष सम्ममा निमार्ण गरी सक्ने लक्ष्य रहेको निर्माण समितिका अध्यक्ष हिमलाल डुम्रेले जानकारी दिनुभयो ।

बहुद्देश्यीय सामुदायिक भवनको निर्माण सम्पन्न भए पछि तरकारी तथा फलफुल संकलन केन्द्र कृषि सहकारीको कार्यालय, आमा समुह तथा क्लवको कार्यालय, पुस्तकालय लगायत रहने नवदुर्गा आमा समुहका अध्यक्ष शोभा डुम्रेले जानकारी दिनुभयो । बहुद्देश्यीय भवन आफूहरुलाई निक्कै उपयोगी हुने जनसेवा प्राविका प्रधानाध्यापक मुक्ती डुम्रेले बताउनुभयो ।

समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


