वालिङ्मा मौरीपालन सम्वन्धी तालिम शुरु ।

तोलाकान्त बगाले / वालिङ : ‘दैनिक गरौं मह सेवन, हुन्छ स्वस्थ दीर्घजीवन’ भन्ने मुल नाराकासाथ सोमबारबाट तीन दिने आधारभूत मौरीपालन तालिम शुरु भएको छ । वालिङ नगरपालिका १० नं. वडा कार्यालयको आयोजनामा आधारभूत मौरीपालन तालिम शुरु भएको हो ।
तालिमको उद्घाटन गर्दै वालिङ नगर उपप्रमुख कल्पना तिवारीले मौरीपालन तालिम पश्चात सहभागीले दैनिक ब्यवहारमा उतार्न सकेमात्रै तालिमको उपयोगिता देखिने भएकाले कार्यान्वयन पक्षमा जोड दिनुभयो ।
तालिम पश्चात सहभागीहरु सामूहिक वा ब्यक्तिगतरुपमा जसरी भएपनि उत्पादनसँग जोडिनुस् र आर्थिक विकासमा लाग्नुहोस् उपप्रमुख तिवारीको भनाई थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुबेदीले मौरीपालन ब्यवसायलाई अब निर्वाहमुखीभन्दा पनि पकेट क्षेत्र निर्धारण गरी ब्यवसायिक रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले यहाँ उत्पादन भएको महलाई प्रशोधन गरी ब्राण्डेड बनाई बजार पु¥याउनु आवश्यक रहेको बताउनुभयो ।

उद्घाटन कार्यक्रममा प्रशिक्षक नेपाल मौरीपालक महासंघका केन्द्रीय उपाध्यक्ष श्यामप्रसाद अर्याल, सहभागीहरुबाट मञ्जु केसी लगायतले मन्तब्य राख्नुभएको थियो । तालिममा वडाका विभिन्न टोलबाट २० जनाको सहभागिता रहेको छ । वडा सदस्य लक्ष्मीदेवी गैह्रेको स्वागतसँगै शुरु भएको उक्त कार्यक्रम कार्यबहाक वडा अध्यक्ष लुकमाया एस्केको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन वडा सचिव दिपेन्द्र गैह्रेले गर्नुभएको थियो ।

Facebook Comments Box
TOP