वालिङमा पनि मनाईयो २५६३ औ बुद्घजयन्ती
आँधीखोला खवर/ वालिङ :
वैशाख शुक्ल पूर्णिमाका दिन शनिवार स्याङ्जामा पनि २५६३ औँ बुद्ध जयन्ती भगवान् बुद्धप्रति आस्था प्रकट गरी मनाइँएको छ । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरि निर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन् ।
बैशाख पूर्णिमाको अबसरमा प्रज्ञा शान्ती बुद्घ बिहार वालिङद्घारा शनिवार एक दिवसीय कार्यक्रम गरिएको हो । गौतम बुद्घको त्रिशैयुक्त २६४३ औ बुद्घ जन्मोत्सव , २६०८ औ बोधिबिज्ञान दिवस साथै २५६३ औ महापरि निर्वाण दिवस भव्यताका साथ सम्पन्न भएको छ ।
प्रज्ञा शान्ती बुद्घ बिहारका अध्यक्ष हर्कबहादुर थापा द्घारा पंचशिल बुद्घपुजा , प्रवचन १ सय ८ दिप प्रज्वलन गरी मनाईएको हो ।
कार्यक्रममा परियती शिक्षाका अध्यक्ष हुम बहादुर राना मगर , नेपाल मगर संघका पूर्व जिल्ल अध्यक्ष तेजबहादुर आले , नेपाल मगर संघ जिल्ला सल्लाहकार एव् प्याव्सन जिल्ला अध्यक्ष पूर्ण बहादुर थापा मगर , नेपाल मगर संघ केन्द्रिय सदस्य खगिसरा थापा मगरले विश्वशान्तिका अग्रदूत गौतम बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्न सकेमा धार्मिक, सामाजिक तथा साँस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्न सकिने बताउनुभएको थियो । कार्यक्रम परियती शिक्षाका सचिव सिता थापाको सन्चालनमा सम्पन्न भएको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


