भष्ट्राचार बिरुद्ध तरुणदल स्याङजाको ३५ किमि यात्रा

आँधीखोला खवर / स्याङ्जा :
नेपाल तरुणदल स्याङ्जाले भष्ट्रचार विरुद्ध ३५ किलोमिटर मोटरसाईकल ¥याली गरेर विरोध प्रदर्शन गरेको छ । सत्तारुढ दल र सरकारले गरेको भष्ट्राचार विरुद्ध तरुणदल स्याङ्जाले मोटरसाईकल र्याली गरेर विरोध जनाएको हो । तरुणदल स्याङ्जाले वालिङ मोडबाट शुरु गरेको मोटरसाईकल र्याली स्याङ्जा सदरमुकाममा पुगेको थियो । र्यालीको उदघाटन र कोणसभामा सम्वोधन गर्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य गोविन्द भट्टराईले अधिनायकवाद लादेर सरकार भष्ट्राचार गर्नमा तल्लीन हुन थालेको आरोप लगाउनुभयो । काँग्रेसले शुरु गरेको गाँउ जनजागरण अभियान सगै पार्टीका भातृ संगठनहरुले पनि सरकारले गरेको भष्ट्राचार, महङ्गी, हत्याहिंसा विरुद्ध चर्को आवाज उठाउने अभियान रहेको भट्टराईले जानकारी दिनुभयो ।


ठुला ठुला भष्ट्रचार गर्ने सत्तारुढ दलका नेता तथा कार्यकर्तालाई संरक्षण गर्दै सरकारले भष्ट्रचारलाई शुन्यमा झार्ने नारा मात्रै भएको भट्टराईले बताउनुभयो । काँग्रेसको गाँउ जागरण अभियानमा स्याङ्जा खटिएका केन्द्रिय सदस्य भट्टराईले पार्टीका भातृसंगठन र शुभेच्छुक संस्थाहरु सगँ अन्तरक्रिया गर्दै आएको जानकारी दिनुभयो । पछिल्लो समय सरकारले मिडिया काउन्सिल विद्येयक संसदमा दर्ता गर्न लागेको प्रति आक्रमक हुदै नेता भट्टराईलाई जनताको सुचना पाउने अधिकारलाई कुण्ठित गर्न खोजीको आरोप लगाउनुभयो । गाँउजागरण अभियानले काँग्रेसका कार्यकर्तामा उत्साहा थपिएको बताउदै सरकारले गरेका कर्तुतको पर्दाफास गर्न र पार्टीले अख्तियार गरेको रणनीतिलाई गााउ—टोल सम्म पु¥याउन भट्टराईले आग्रह गर्नुभयो ।


कोणसभामा नेपाली कांग्रेस गण्डकी प्रदेश सभाका उपनेता मेखलाल श्रेष्ठ, प्रदेश सांसद एवं तरुण दल स्याङजाका सभापति भगवत प्रकाश मल्ल, नेपाली काँग्रेसका कार्यबहाक सभापति कुमार राना, महिला नेतृ तथा महासमिति सदस्य हिरादेवी शर्मा, सचिव चन्द्र राना लगायतका बक्ताले कम्युनिष्ट सरकारले नेपाली जनतालाई आशा लाग्ने खालका काम नगरेको आरोप लगाएका थिए । सरकारले भष्ट्राचार र सरकारी सम्पती हडप्नेलाई कारवाहि नगरे सम्म सडक आन्दोलन जारी रहने चेतावनी दिए । मोटर साकइृकल र्यालीमा जिल्ला भरका दुई सय तरुण युवाहरुको सहभागीता रहेको थियो । सरकार विरुद्धको विरोध यो यात्रा सांकेतिक मात्रै भएपनि तरुणदल स्याङ्जाले सरकार विरुद्ध भिन्न, भिन्न खालका विरोध कार्यक्रम गर्ने जनाएको छ ।

हेर्नुहोस् र्यालीको भिडियो :

Facebook Comments Box
TOP