नेपाली कांग्रेसले तोक्यो स्याङ्जाका एघारै तहमा जागरण अभियानका सारथीहरु

भवानी अधिकारी/ स्याङ्जा :
नेपाली कांग्रेस स्याङ्जाले राष्ट्रिय जागरण अभियानलाई सफलतापूर्वक सम्पन्न गर्न एघार वटै स्थानीय तहमा एक ÷एक संयोजक सहित ३ सदस्यीय समिति गठन गरेको छ । उहाहरुले तोकिएको तहमा पुगेर कांग्रेसको जागरण अभियानका बारेमा जानकारी गराउनुका साथै बर्तमान सरकारका क्रियाकलाप लगायत नेपाली कांग्रेसका भावी रणनीती र कार्ययोजनाका बारेमा समेत छलफल, प्रशिक्षण एवं अन्र्तक्रिया गरिने भएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोबिन्द भट्टराईले एक महिने जागरण अभियानको २५ गते पुतलीबजार नगरपालिका १ स्थित पार्टी कार्यालयमा शुभारम्भ गरिसक्नु भएको छ ।
आँधीखोला गाउपालिकामा प्रेमराज पौडेलको संयोजकत्वमा प्रेमराज पौडेल र लेखमाया पौडेल, फेदिखोला गाउपालिकामा गोविन्द रानाभाटको संयोजकत्वमा देवेन्द्र गुरुङ र रेखा थापा, अर्जुनचौपारी गाउपालिकामा देवी अर्यालको संयोजकत्वमा श्याम अर्याल र भगवती अर्याल, हरिनास गाउपालिकामा तुलसीराम रेग्मीको संयोजकत्वमा पृथ्वीप्रसाद पोखरेल र बिरुवा गाउपालिकामा मेघबहादुर खड्काको संयोजकत्वमा चन्द्रकान्त पोखरेल र लक्ष्मी केसी र कालीगण्डकी गाउपालिकालाई माया रानाको संयोजकत्वमा बिष्णु पौडेल र तुलसा पाण्डेलाई तोकिएको छ ।
यसैगरी, पुतलीबजार नगरपालिकामा राजु थापाको संयोजकत्वमा तुलसी गिरी र हिरादेवी शर्मा, भीरकोट नगरपालिकामा गोबिन्दकुमार कर्माचार्यको संयोजकत्वमा नसिवद्धिन मिया र अर्जुन खनाल, वालिङ् नगरपालिकामा खगेन्द्रराज रेग्मीको संयोजकत्वमा यामबहादुर गुरुङ र बसन्त विक, चापाकोट नगरपालिकामा श्याम बस्यालको संयोजकत्वमा महेन्द्र श्रेष्ठ र विक्रम सारु, गल्याङ् नगरपालिकामा मोहन पाण्डेको संयोजकत्वमा गुरु भट्टराई र बुद्धिसागर भण्डारीलाई जिम्मेवारी दिइएको नेपाली कांग्रेसका कार्यवाहक सभापति बुद्धिबहादुर राना (कुमार) ले जानकारी दिनुभयो ।
यसैगरी, प्रवक्ता इन्द्रबहादुर गोदारको संयोजकत्वमा प्रचार प्रसार उपसमिति गठन गरिएको छ । समितिको अन्य सदस्यहरुमा पृथ्वीप्रसाद पोखरेल, चन्द्रकान्त पोखरेल, ओमप्रकाश शर्मा, प्रकाश डोटेल, प्रदीप कोइराला, श्रीकृष्ण सिग्देल, भवानी अधिकारी, टिकाराम अधिकारी रहनु भएको छ ।

Facebook Comments Box
TOP