नेकपाको जिल्ला कमिटि सहित स्याङ्जाका ११ स्थानीयतहले पायो पूर्णता ।
राधाकृष्ण डुम्रे/स्याङ्जा
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्याङ्जाले ११ वटै स्थानीयतह सहित जिल्ला कमिटिलाई पूर्णता दिएकोछ । नेकपा स्याङ्जाले १ सय ४५ सदस्य रहेको जिल्ला कमिटि बनाएको हो । जसमा पूर्व एमालेबाट ८७ जना र पूर्व माओवादीबाट ५८ जना सदस्य चयन गरिएको नेकपा स्याङ्जाका अध्यक्ष सुर्य प्रसाद गैह्रेले जाकनारी दिनुभयो ।

यस्तै शनिवार नै स्याङ्जाका ११ वटै स्थानीतहका अध्यक्ष र सचिवको घोषणा गरी सपथ समेत खुवाईएकोछ । जिल्ला कमिटि र स्थानीयतहमा चयन भएका पदाधिकारी तथा सदस्यहरुलाई नेकपा गण्डकी प्रदेश सदस्य हितराज पाण्डेले सपथ गराउनु भएको हो । सपथ ग्रहण गराउदै प्रदेश अध्यक्ष पाण्डेले गाँउ—गाँउ सम्म पार्टी एकिकरणको सन्देश पुर्याउन आग्रह गर्नुभयो ।
नेकपा स्याङ्जाका अध्यक्ष सुर्य प्रसाद गैह्रे पारसको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सचालन सचिव मिनप्रसाद गुरुङले गर्नुभएको थियो ।

नेकपाले स्याङ्जाका ११ वटै स्थानीयतहलाई पूर्णता दिएकोछ । नगरपालिकामा पूर्व एमालेबाट ५२ र पूर्व माओवादीबाट २९ सदस्य गरी ८१ सदस्य रहेको नगरकमिटि बनाईएको छ भने गाँउ पालिकामा पूर्व एमालेबाट ४८ र पूर्व माओवादीबाट २७ गरी ७५ सदस्य रहेको गाँउकमिटिको चयन गरिएकोछ । स्थानीयतह मध्ये वडा कमिटि निर्माण गर्ने काम भईरहेको नेकपा स्याङ्जाका अध्यक्ष गैह्रेले जानकारी दिनुभयो ।
यो पनि पढ्नुहोस् :
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


