गणतन्त्र दिवसमा कांग्रेसले गर्यो विपी शालिक परिसरमा दिप प्रज्वलन ।
भवानी अधिकारी / स्याङजा :
एघारौं गणतन्त्र दिवसको अवसर पारेर नेपाली कांग्रेस स्याङजाले बुधवार साँझ दिप प्रज्वलन गरेको छ ।
पुतलीबजार नगरपालिका १ स्थित वीपी चोकमा अवस्थित वीपीको शालिक परिसरमा कांग्रेस कार्यकर्ता भातृसंगठनहरुले साझमा मैनबत्ती बालेर दिप प्रज्वलन गरेका हुन ।
दिप प्रज्वलन गर्दै कृषि श्रमिक संघका केन्द्रीय अध्यक्ष बिमला गैरेले लामो संघर्ष र बलिदानले प्राप्त गणतन्त्रको संरक्षण र सम्बद्र्धन गर्न नेपाली कांग्रेसजनहरु एकबद्ध हुनु पर्ने बताउनुभयो । जब जब कांग्रेस कमजोर हुन्छ । तव तब मुलुकमा हत्या, हिसा, बलात्कार र भ्रष्टाचारका घटना बढ्ने बताउनुभयो ।
मुलुकमा बढ्दो हत्या, हिंसा, बलात्कार, भ्रष्टाचार जस्ता कार्यलाई निमूल बनाउदै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संरक्षण गर्दै हिजोका तित्तता र रिक्ततालाई विर्सेर अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्मा, रेडियो स्याङजाका पूर्व अध्यक्ष हेमराज अर्याल, शिक्षक संघका उपाध्यक्ष बन्दना लम्साल, स्याङजा उद्योग वाणिज्य संघका ततृीय उपाध्यक्ष सुनिता पौडेल, स्वतन्त्र बिद्यार्थी यूनियन त्रिभुवन क्याम्पस सभापति अजित क्षेत्री लगायतले गणतन्त्र दिवसका अवसरमा शुभकामना ब्यक्त गर्नुभएको थियो ।
पुतलीबजार नगरपालिका १ का वडा सदस्य कुलानन्द लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन युवा नेता नवराज सुवेदीले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


