कांग्रेसले भीरकोटमा जागरणसभा गरेर मनायो गणतन्त्र दिवस ।

आँधीखोला खवर / भीरकोट :
नेपाली कागे्रसले भीरकोटमा जागरणसभा गरेर गणतन्त्र दिवस मनाएको छ । नेपाली काँंग्रेसको राष्ट्रिय जागरण अभियान अन्तर्गत वुधवार भीरकोटमा भएको सभामा वोल्दै कांग्रेसका केन्द्रिय सदस्य गोविन्द भट्टराईले काँगे्रसमा गुट उपगुटको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । नेता भट्टराईले काँगे्रसको एकीकरणले नै गणतन्त्रलाई बलियो बनाउने भन्दै गणतन्त्र संस्थागत गर्न पनि कागे्रसको महत्वपुर्ण योगदान रहने बताउनुभयो ।


नेविसंघका पूर्व कन्द्रिय अध्यक्ष समेत रहनु भएका नेता भट्टराईले भातृ संगठनलाई बलियो बनाउन तर्फ लाग्न सवैलाई आग्रह गर्नुभयो । कांग्रेस कै कारण नेपालमा गणतन्त्र सम्भव भएको बताउदै केन्द्रिय सदस्य भट्राईले सरकारले कांग्रेसको देन विर्सिएको आरोप लगाउनु भयो ।
कार्यक्रममा पुर्व सांसद शंकरप्रसाद पाण्डेले नेपाली कांग्रेस धर्मका बारेमा स्पष्ट हुन जरुरी रहेको बताउनु भयो । कांग्रेस स्याङ्जाका पूर्व सभापति एवं पूर्व सांसद खगेन्द्रराज रेग्मीले कांग्रेस एकजुट भएमा कसैले पनि केही गर्न नसक्ने स्पष्ट पार्नुभयो ।


कार्यक्रममा संविधान सभा सदस्य मोहनप्रसाद पाण्डे, महासमिति सदस्य तथा भीरकोट नगरप्रमुख छायाराम खनाल, नेपाली कांग्रेस गण्डकी प्रदेशका उपनेता मेखलाल श्रेष्ठ, महिला नेतृ एवं नगर उपप्रमुख सिमा केसी लगायतले पार्टी सुदृढिकरणमा जोड दिनुभएको थियो । तरुण दलका क्षेत्रिय अध्यक्ष तथा वडा अध्यक्ष दिपेन्द्र केसीको स्वागतसंगै शुरु भएको कार्यक्रम कागे्रस नगरसभापति तोयानाथ अर्यालको सभापतित्व र सचिव शेषकान्त खनालको सञ्चालनमा सम्पन्न भएको थियो गर्नुभएको थियो । कार्यक्रममा जागरण अभियानका भिरकोट संयोजक गोविन्द कर्माचार्यले कार्यक्रमको बारेमा जानकारी गराउनु भएको थियो ।

Facebook Comments Box
TOP