कांग्रेसको जागरण अभियानको तयारी तिव्र
भवानी अधिकारी/भिरकोट
नेपाल तरुण दल स्याङ्जाले यही वैशाख २५ गतेदेखि संचालित देशब्यापी नेपाली कांग्रेसको जागरण अभियानलाई सफलतापूर्वक सम्पन्न गराउन सबै तरुण नेताहरु सक्रियरुपमा लाग्ने जनाएका छन् । तरुण दलद्धारा आज बयरघारीमा आयोजित जागरण अभियान सफल बनाउन तरुणहरुको भूमिका बिषयक अन्र्तक्रिया कार्यक्रमका सहभागीले सो प्रतिवद्धता जनाउनुभएको हो । अन्र्तक्रियाको उदघाटन गर्दै तरुण दल स्याङ्जाका अध्यक्ष एवं प्रदेश सदस्य भागवतप्रकाश मल्लले अभियानलाई सफल बनाउन तरुण युवाहरु गाउ गाउ पुग्नु पर्ने बताउनुभयो । साथै उहाले र वर्तमान अवस्थाका बारेमा स्थानीयबासीलाई जानकारी गराउन र नेपाली कांग्रेसको जागरण अभियानका बारेमा सूसूचित गराउन तरुण युवाको भूमिका उल्लेख्य हुनेमा जोड दिनुभयो । कार्यक्रममा, तरुण दल स्याङ्जाका निर्वतमान अध्यक्ष अर्जुनप्रकाश अर्याल, पूर्व केन्द्रीय सदस्य गोबिन्द पंगेनी लगायत जिल्ला, क्षेत्रीय, नगर, गाउ कार्यसमितिका पदाधिकारीहरुले सुझाव एवं जागरण अभियानका बारेमा आ आफना धारणा ब्यक्त गर्नुभएको थियो ।
तरुण दल स्याङ्जाका अध्यक्ष भागवतप्रकाश मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सहसचिव रविन केसीले गर्नुभएको थियो ।
यसैबीच, तरुण दलको जिल्ला कार्यसमितिकोे बैठकले सहसचिव रविन केसी र सदस्य कुलबहादुर गुरुङ्लाई उपाध्यक्ष पदको जिम्मेवारी तोकिएको छ भने सदस्य कोैशिला पौडेललाई सहसचिवको जिम्मेवारी दिइएको तरुण दल स्याङ्जाले जनाएको छ ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


