कांग्रेसको जागरण अभियानको तयारी तिव्र

Neka

भवानी अधिकारी/भिरकोट
नेपाल तरुण दल स्याङ्जाले यही वैशाख २५ गतेदेखि संचालित देशब्यापी नेपाली कांग्रेसको जागरण अभियानलाई सफलतापूर्वक सम्पन्न गराउन सबै तरुण नेताहरु सक्रियरुपमा लाग्ने जनाएका छन् । तरुण दलद्धारा आज बयरघारीमा आयोजित जागरण अभियान सफल बनाउन तरुणहरुको भूमिका बिषयक अन्र्तक्रिया कार्यक्रमका सहभागीले सो प्रतिवद्धता जनाउनुभएको हो । अन्र्तक्रियाको उदघाटन गर्दै तरुण दल स्याङ्जाका अध्यक्ष एवं प्रदेश सदस्य भागवतप्रकाश मल्लले अभियानलाई सफल बनाउन तरुण युवाहरु गाउ गाउ पुग्नु पर्ने बताउनुभयो । साथै उहाले र वर्तमान अवस्थाका बारेमा स्थानीयबासीलाई जानकारी गराउन र नेपाली कांग्रेसको जागरण अभियानका बारेमा सूसूचित गराउन तरुण युवाको भूमिका उल्लेख्य हुनेमा जोड दिनुभयो । कार्यक्रममा, तरुण दल स्याङ्जाका निर्वतमान अध्यक्ष अर्जुनप्रकाश अर्याल, पूर्व केन्द्रीय सदस्य गोबिन्द पंगेनी लगायत जिल्ला, क्षेत्रीय, नगर, गाउ कार्यसमितिका पदाधिकारीहरुले सुझाव एवं जागरण अभियानका बारेमा आ आफना धारणा ब्यक्त गर्नुभएको थियो ।
तरुण दल स्याङ्जाका अध्यक्ष भागवतप्रकाश मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सहसचिव रविन केसीले गर्नुभएको थियो ।

यसैबीच, तरुण दलको जिल्ला कार्यसमितिकोे बैठकले सहसचिव रविन केसी र सदस्य कुलबहादुर गुरुङ्लाई उपाध्यक्ष पदको जिम्मेवारी तोकिएको छ भने सदस्य कोैशिला पौडेललाई सहसचिवको जिम्मेवारी दिइएको तरुण दल स्याङ्जाले जनाएको छ ।

Facebook Comments Box
TOP