सिद्धार्थ राजमार्ग वालिङ नगरपालिका सडक खण्ड चौडा पार्ने अभियान ।

आँधीखोला खवर/ वालिङ :
वालिङ नगरपालिकाले सिद्धार्थ राजमार्गको आफ्नो सिमानाभित्र पर्ने सडक चौडा गर्ने कार्यलाई तिव्रता दिएको छ । जिल्लाकै मध्य भागमा पर्ने वालिङ नगरपालिकाले भिरकोट नगरपालिकाको सिमाना र गल्याङ नगरपालिकाको सिमानासम्म पर्ने सिद्धार्थ राजमार्गलाई चौडा गर्ने कार्यलाई तिव्रता दिएको हो ।
स्मार्ट वालिङ बनाउने अभियानका साथ अगाडि बढेको नगरपालिकाले आफ्नो नगरभित्र पर्ने सिद्धार्थ राजमार्गलाई दुई लेनको बनाउने उद्देश्यका साथ सडक चौडा गर्ने अभियान गत बर्षबाट शुरु गरेको थियो । करीब १२ किलो मिटरभित्र पर्ने ३१ वटा घुम्तीलाई चौडा गर्ने योजनाका साथै काम भइरहेको नगरपालिकाका प्रमुख दिलीप्रताप खाँणले जानकारी दिनुभयो । सडक साँघुरो हुँदा दुर्घटनाको सम्भावना उच्च रहेकाले ‘स्मार्ट सिटी’ अवधारणाका साथ अगाडि बढेको बताउँदै सडक विस्तारको काम तिव्र रुपमा अगाडि बढिरहेको जानकारी दिनुभयो ।

अहिले दैनिक सडक विस्तारको काम भइरहेको छ भने पक्की संरचना निर्माण भएको ठाउँमा १६ मिटर र अन्य ठाउँमा २५ मिटर सडक चौडा गरिने नगरपालिकाले जनाएको छ । सडक चौडा गरिएसँगै बजार क्षेत्रमा पैदल यात्रीका लागि फुटपाथ समेतको निर्माण गर्ने योजनामा नगरपालिका रहेको छ । वालिङ नगरपालिकालाई स्मार्ट नगरका रुपमा स्थापित गर्नका लागि समग्र पक्षको विकास आवश्यक रहेको बताउँदै नगरप्रमुख खाँणले यो सडक विस्तार कार्य पनि त्यसैको एउटा अभियान भएको बताउनुभयो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


