सिद्धार्थ क्लव भकुण्डेद्धारा खेलकुदबाट रकम बचाएर बद्धाश्रमलाई सहयोग


कला राना/ वालिङ :
सिद्धार्थ युनियन वालिङ ९ भकुण्डे ठाडो लाईले गत बैसाखमा सम्पन्न क्लब स्तरीय सेभेन ए साईड फुटबल प्रतियोगिता बाट बचत भएको रकमले रामनदीधाम राम्दीमा रहेको बृद्धाश्रमलाई सहयोग गरेको छ । क्लबले बृद्धाश्रमलाई घुम्ने कुर्ची, टेबल र फलफुल प्रदान गरेको हो । कार्यक्रममा वालिङ नगरउपप्रमुख कल्पना तिवारीले क्लबले सामाजिक कार्यमा देखाएको जागरुकता निकै सकरात्मक रहेको भन्दै क्लबहरु यस्तै सामाजिक कार्यमा जुटी रहन आग्रह गर्नुभयो ।

साथै उहाँले खेलाडीहरुको संरक्षण र खेल क्षेत्रको विस्तारका लागि नगरपालिकाले निकै ख्याल राखेको भन्दै ढुक्क भएर खेल जगतमा लाग्न युवाहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा महिला संघ जिल्ला सदस्य सितादेवि डुम्रे, कमल गैह्रे, माया पाण्डे, करुणा काफ्ले लगायतले बोल्नुभएको थियो ।

क्लबले प्रतियोगितामा खर्च कटाएर बचत भएको रकमबाट २२ हजार बरावरको फर्निचर सामान तथा फलफुल प्रदान गरेको हो । क्लबका अध्यक्ष अनिल सिंजालिको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन चुत्रबहादुर महतले गर्नुभएको थियो । क्लबले फर्निचर तथा फलफुल कार्यालयका व्यवस्थापक सुनिल श्रेष्ठलाई हस्तान्तरण गरेको जनाएको छ ।


समाचार
थप सामाग्री-
आमा औसीको अवसरमा बुद्धाश्रममा सामग्री वितरण र गण्डकी कोटिहोममा महायज्ञको उत्साह
-
गण्डकी कोटिहोम महायज्ञ प्रचारका लागि साइकल र्याली सम्पन्न
-
व्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘हेफर आधारशिला’ तालिम ।
-
धार्मिक तथा सामाजिक सद्भावको सन्देश दिन पोखरामा साइकल र्याली हुने ।
-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।

सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
४ हप्ता अगाडि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी ठगीको मुद्दा थुनामा पठाउन उच्च अदालत तुलसीपुरको बुटवल इजलासले आदेश दिएको…