सरकारले भ्रष्टाचारीको संरक्षण गर्यो — श्रेष्ठ
भवानी अधिकारी / स्याङ्जा :
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठले बर्तमान सरकारले भ्रष्टाचारीको संरक्षण गरेको बताउनुभयो । भ्रष्टाचार, अनियमितता, दण्डहिनता र हत्या हिंसा हुदा समेत सरकार मुकदर्शक बनेको बताउनुभयो ।
राष्ट्रियता, लोकतन्त्र, समाजवाद भन्ने मुल नाराका साथ आयोजित नेपाली कांग्रेस क्षेत्र नं. १ को क्षेत्रीय कार्यालयद्धारा पुतलीबजार नगरपालिका १ स्थित बालमन्दिरमा आयोजित सहभोज एवं परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै नेता श्रेष्ठले सो कुरा बताउदै सरकार अधिनायकवाद तर्फ उन्मुख रहेको ठोकुवा गर्नुभयोे ।
श्रेष्ठले भन्नुभयो ‘वाइडबडी प्रकरण, मेलम्ची खानेपानी, बुढीगंण्डकी परियोजना, निर्मला हत्याकाण्ड, ३३ किलो सुन, एनसेल प्रकरण, नागरिकको हैसियतभन्दा बढीको कर, स्वतन्त्र प्रेस र मानवअधिकारमाथिको अंकुश लगाउने प्रपञ्च, ’ सरकारका अधिनायकवादका केही उदाहरणीय नमूना हुन् । निर्वाचनमा भएको हार कांग्रेसको मात्र नभई मुलुककै हार भएको प्रमाणित भएको बताउदै सरकार दुई तिहाईको दम्भबाट चल्दा नागरिक समस्या परेको उहाँको भनाई छ ।
वाइडबडीमा भएको भ्रष्टाचार लुकाउन प्रधानमन्त्री केपी शर्मा ओली आफैं न्यायधीश र अख्तियार प्रमुख बनेको श्रेष्ठको भनाई छ । ‘वाइडबडी विमान प्रकरणमा भ्रष्टाचार भएको छैंन भन्ने प्रधानमन्त्री अख्तियार प्रमुख हुन की बिशेष अदालतको न्यायधीश ?’ श्रेष्ठको प्रश्न छ । नेपाली कांग्रेसको संगठन हेर्न स्याङ्जा जाउ भन्ने बिगतको इतिहासलाई स्मरण गर्दे उहाले भन्नुभयो — स्वास्थ्यले साथ दिउन्जेल राजनीतिमा क्रियाशिल रहनेछु र पहिलाको जस्तै कांग्रेसको संगठन निर्माणमा जुट्नेछु ।
कार्यक्रममा केन्द्रीय सदस्य एवं केन्द्रीय अनुशासन समितिका सदस्य धनराज गुरुङले दुई तिहाईको भारी प्रधानमन्त्री केपी ओलीले थेग्न नसकेको बताउनुभयो । ‘धनी देशका प्रधानमन्त्री र राष्ट्रपति साइकल र रेल यात्रा गरिरहेको देखिरहदा गरिब देश नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई २ वटा बुलेट प्रुफ गाडीले नपुग्ने र राष्ट्रपति बिद्यादेवी भण्डारीलाई डेढ अर्वको हेलिकप्टर र १८ करोडको गाडी सहित लावालश्कर देखाउनुपर्ने ’ गुरुङ्को भनाई छ ।
यसैगरी, केन्द्रीय सदस्य गोबिन्द भट्टराई, महिला नेतृ सीमा केसी कर्माचार्य, नेकपा त्यागगरी कांग्रेसमा प्रवेश गर्नुभएका बिष्णु सुवेदी लगायतले मुलुक निर्माणका लागि कांग्रेसको नेतृत्व आवश्यक रहेको बताउदै विकास र अर्थतन्त्रको सुदृढीकारणका कांग्रेसको भूमिका उल्लेख्य रहेकोमा जोड दिनुभयो । जिल्लामा संचालित जागरण अभियानले कांग्रैसीजनमा एकता, भाइचाराको सम्बन्ध प्रगाढ बढाउने बताउदै कांग्रेसीहरु बिगतका तिक्तता बिर्सेर नया योजना सहित एकजुट भई अघि बढ्न सहयोग पुरयाउनेमा विश्वास दिलाउनुभयो ।
क्षेत्रीय सभापति तुलसीराम रेग्मीको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्व सभापति एवं सांसद खगेन्द्रराज रेग्मीले स्वागत एवं सचिव रामजी भण्डारीले संचालन गर्नुभएको थियो ।
यसैबीच, सोही कार्यक्रममा पूर्व एमाले अथवा माओवादी पार्टीमा रही राजनीति गर्दै आउनु भएका हाल नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) परित्याग गर्नेहरुलाई सदस्यता प्रदान गरिएको थियो ।
समाचार
थप सामाग्रीगल्याङ प्रिमियर लिग क्रिकेट : गल्याङ ईगल्स र गल्याङ ब्लास्टर फाईनलमा ।
४ दिन अगाडि
वालिङ : स्याङजाको गल्याङमा सञ्चालित ‘गल्याङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता’ (जिपिएल) को फाईनलमा गल्याङ ईगल्स र गल्याङ ब्लास्टर प्रतिस्पर्धा गर्ने…