वालिङ नगरपालिकाको बृहद योजना तर्जुमा गर्न वडास्तरबाट छलफल शुरु ।
आँधीखोला खवर/वालिङ :
वालिङ नगरपालिकाले यहाँका १४ वटै वडाका संभावना र पहिचानका लागि स्थानीयसंग प्रत्यक्ष छलफलको शुरु गरेकोछ । स्मार्ट नगरको अभियान शुरु गरेको नगरपालिकाले विभिन्न संघसंस्थाको सहकार्यमा वडा स्तरमा छलफल शुरु गरेको हो ।
वास्तविक संभावनाको पहिचानको लागि कमिटेड नेपाल र द् एसिया फाउण्डेशनसले सहजीकरण गर्ने नगरपालिकाका प्रवक्ता केदार काफ्ले जानकारी दिनुभयो । प्रत्येक वडाका संभावनाहरुको पहिचान गरी दीर्घकालिन, मध्यकालिन र तत्कालीन योजनाहरु निर्माण गरिने प्रवक्ता काफ्ले वताउनुभयो ।

यसैवीच छलफलको शुरुवाद वडा नं. १० गरिएको छ । मदिखोलामा वडावासी तथा सरोकारवालाहरुको वीच बृहद योजना तर्जुमा केन्द्रित समुह छलफल गरिएको हो । कार्यक्रममा उपप्रमुख कल्पना तिवारीले वस्तीस्तरबाटै आएका आवाजलाई प्राथामिकता दिएर योजनाहरु निर्माण गरिने बताउनुभयो ।
आफ्नो गाउँठाउँमा प्रशस्त संभावनाहरु तथा पहिचानलाई यो कार्यक्रमले अगाडि ल्याउने बताउनुभयो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत गुरुदत्त सुवेदी, वडा अध्यक्ष अनन्तराज गैह्रेलगायतले बोल्नुभएको थियो । टोलविकास समिमिति, स्थानीय जानकार,क्लब, आमा समुहलगायत गरी ८ समुहमा विभाजन गरी छलफल गरिएको वडा सचिव दिपेन्द्र गैह्रेले बताउनुभयो ।

छलफलमा घ्वाङखोलालाई नगरपालिकाले पार्क बनाउनुपर्ने र यसबाट पर्यटक आगमनमा वृद्धि गर्न सकिने सहभागिहरुले बताएका छन् । त्यस्तै कृषिको विस्तार गरी मौरीपालनलाई विकास गर्न समेत सुझाव दिएका छन् भने धार्मिक तथा सांस्कृतिक माध्यमबाट समेत पर्यटकलाई ल्याउन सकिने बताएका छन् ।
समाचार
थप सामाग्री-
मातृभूमि सेवा समाज नेपालको अध्यक्षमा पराजुली
-
स्याङ्जा-२ मा रास्वपाबाट उम्मेदवार बने झबिलाल
-
कांग्रेस सभापति थापा र पूर्ब सांसद श्रेष्ठद्वारा चुनाव नलड्ने घोषणा ।
-
एमालेले सबै निर्वाचन क्षेत्रका उम्मेदवार टुङ्ग्यायो यी हुन् एमालेका उम्मेदवार : को- कहाँ ? (सूचीसहित)
-
प्रथम ॐ कार कपको उपाधि एनएएफसी पोखरालाई
स्याङ्जामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थपियो ।
३ दिन अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जामा आगामी प्रतिनिधिसभाको निर्वाचनका लागि आह्वान भएको निर्वाचन प्रहरीको भर्ना म्याद दुई दिन थप गरिएको छ ।…


