वालिङ नगरपालिकाको बृहद योजना तर्जुमा गर्न वडास्तरबाट छलफल शुरु ।

आँधीखोला खवर/वालिङ :
वालिङ नगरपालिकाले यहाँका १४ वटै वडाका संभावना र पहिचानका लागि स्थानीयसंग प्रत्यक्ष छलफलको शुरु गरेकोछ । स्मार्ट नगरको अभियान शुरु गरेको नगरपालिकाले विभिन्न संघसंस्थाको सहकार्यमा वडा स्तरमा छलफल शुरु गरेको हो ।
वास्तविक संभावनाको पहिचानको लागि कमिटेड नेपाल र द् एसिया फाउण्डेशनसले सहजीकरण गर्ने नगरपालिकाका प्रवक्ता केदार काफ्ले जानकारी दिनुभयो । प्रत्येक वडाका संभावनाहरुको पहिचान गरी दीर्घकालिन, मध्यकालिन र तत्कालीन योजनाहरु निर्माण गरिने प्रवक्ता काफ्ले वताउनुभयो ।

यसैवीच छलफलको शुरुवाद वडा नं. १० गरिएको छ । मदिखोलामा वडावासी तथा सरोकारवालाहरुको वीच बृहद योजना तर्जुमा केन्द्रित समुह छलफल गरिएको हो । कार्यक्रममा उपप्रमुख कल्पना तिवारीले वस्तीस्तरबाटै आएका आवाजलाई प्राथामिकता दिएर योजनाहरु निर्माण गरिने बताउनुभयो ।
आफ्नो गाउँठाउँमा प्रशस्त संभावनाहरु तथा पहिचानलाई यो कार्यक्रमले अगाडि ल्याउने बताउनुभयो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत गुरुदत्त सुवेदी, वडा अध्यक्ष अनन्तराज गैह्रेलगायतले बोल्नुभएको थियो । टोलविकास समिमिति, स्थानीय जानकार,क्लब, आमा समुहलगायत गरी ८ समुहमा विभाजन गरी छलफल गरिएको वडा सचिव दिपेन्द्र गैह्रेले बताउनुभयो ।

छलफलमा घ्वाङखोलालाई नगरपालिकाले पार्क बनाउनुपर्ने र यसबाट पर्यटक आगमनमा वृद्धि गर्न सकिने सहभागिहरुले बताएका छन् । त्यस्तै कृषिको विस्तार गरी मौरीपालनलाई विकास गर्न समेत सुझाव दिएका छन् भने धार्मिक तथा सांस्कृतिक माध्यमबाट समेत पर्यटकलाई ल्याउन सकिने बताएका छन् ।
समाचार
थप सामाग्री-
स्याङ्जामा बालिकालाई जवरजस्ती करणी गर्ने एक पक्राउ
-
उपकारको अधिवेशन असोज २९ देखि, उमेद्वार हुन तालिम र परीक्षा पास अनिवार्य
-
वालिङमा बसपार्क निर्माण गर्न नगर बिकास कोषसंग ऋण सम्झौता,नमुना बषपार्क बन्ने ।
-
राष्ट्रिय लोक तथा प्रतिष्ठान स्याङ्जाको वार्षिक साधारणसभा सम्पन्न
-
सरकार र शिक्षकहरूबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

भीरकोटले दियो प्राविधिक शिक्षाका लागि छात्रावृत्ति
४ दिन अगाडि
भीरकोट : स्याङ्जाको भीरकोट नगरपालिकाले ६ जना विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि पूर्ण छावृत्ति प्रदान गरेको छ । वालिङ नगरपालिकामा…