वालिङ नगरपाकिलाले सार्वजनिक निजी साझेदारी मोडलमा काम गर्ने ।

तोलाकान्त बगाले/ वालिङ :
वालिङ नगरपालिका र भिरोक एण्ड कम्पनीका प्रतिनिधिहरुबीच सार्वजनिक निजी साझेदारीमा काम गर्ने सन्दर्भमा महत्वपूर्ण निर्णयहरु भएको छ ।
वालिङ नगरपालिकामा मंगलबार भएको दुई पक्षको बैठकले सार्वजनिक निजी साझेदारीको ऐन २०७५ को दफा ४६ अनुसार वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणको अध्यक्षतामा नगर उपप्रमुख कल्पना तिवारी, प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुबेदी, नगरको महिला सदस्य मध्येबाट रेखा थापा, वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेल, वालिङ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष लेप्टेन यामबहादुर गुरुङ, सार्वजनिक निजी साझेदारी ईकाई प्रमुख ईञ्जिनियर ध्रुब रेग्मी लगायत विषय विशेषज्ञ र सम्बन्धित वडाको प्रतिनिधित्व रहने गरी समिति गठन गरिएको छ ।
बैठकले नगरपालिकाले पहिचान गरेका विभिन्न आयोजना मध्ये केही आयोजनाहरु छनौट गरेको छ । छनौट गरेका आयोजनाहरुको अध्ययन, अनुसन्धान र विश्लेषण गरी सार्वजनिक निजी साझेदारी अवधारणा अन्तर्गत संभावना बोकेका आयोजनाहरुलाई अगाडि बढाउन भिरोक एण्ड कम्पनीलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।
बैठकले वालिङ प्रोडक्ट होल्डिङ कम्पनीको स्थापना, मनोरञ्जन पार्क, हाईवे ड्राईभ थ्रो मनेरञ्जन पार्क, बधशाला, वालिङ ग्रहौंसुर केवलकार, दिशाजन्य लेदो ब्यवस्थापन तथा ग्याँस उत्पादन, नगरभित्र रहेका प्रयोगबिहीन जग्गाको उपयोगिताको अध्ययन गर्ने कार्यलाई सार्वजनिक निजी साझेदारी अवधारणा अन्तर्गत सञ्चालन गर्न सकिने बताईएको छ । बैठक वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणको अध्यक्षतामा बसेको थियो ।
समाचार
थप सामाग्री
सेतो पुतलीबाट लाग्ने ‘सापु’ को जोखिम बढ्दै, आँखाको दृष्टि नै गुम्न सक्ने खतरा ।
५ दिन अगाडि
काठकाण्डौ: सेतो पुतली मुख्य कारक मानिने दृष्टिनाशक रोग ‘सिजनल हाइपर एक्युट प्यानयुभाइटिस’ (सापू)का बिरामीहरू केही समयता काठमाडौँका विभिन्न ठाउँमा देखिएको…