मगर भाषाको १० दिने प्रशिक्षण कार्यक्रम सम्पन्न ।

आँधीखोला खवर / स्याङजा : स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं ४, बरबोटमा १० दिने मगर भाषा शिक्षा तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
बरबोट मगर समूहको आयोजना तथा ४ नम्वर वडा कार्यालयको आर्थिक सहयोगमा भएको मगर भाषा शिक्षा तथा अभिमुखीकरण कार्यक्रमको समापन गर्दै पुतलीबजार नगरपालिकाका प्रमुख सीमाकुमारी क्षत्रीले नगर क्षेत्र भित्रका संस्कृति र भेषभूषाको संरक्षणका लागि नगरपालिकाले प्राथमिकता दिएर काम गर्ने जानकारी दिनुभयो ।
आफ्नो भाषा, संस्कृति जोगाउन मगरहरूलाई जागरुक हुन आग्रह गर्दै नगर प्रमुख क्षत्रीले स्थानीय सरकारले विविध भाषा, संस्कृतिको संरक्षणका लागि सहयोग गर्न सधैं तयार रहेको स्पष्ट पार्नुभयो । मातृभाषा हराउँदै जानु चिन्ताको विषय भएको भन्दै उहाँले लोपोन्मुख भाषा र संस्कृति जोगाउनु राज्यको पनि दायित्व भएको बताउनुभयो । नगर प्रमुख क्षेत्रीले संस्कृतिको संरक्षण गर्न प्रतियोगिता गर्ने सोंच बनाएको बताउनुभयो ।


जिल्ला समन्वय समिति, स्याङ्जाका सदस्य गुमानसिंह थापाले लोपोन्मुख मगर भाषाको संरक्षण गर्नु जरुरी रहेकोे बताउनुभयो ।
पुतलीबजार नगरपालिका वडा नं ४ का वडाध्यक्ष ओमबहादुर खड्काले आफ्नो वडा भित्र आदिवासी जनजाति समुदायका रुपमा मगर समुदायको मात्र बसोबास रहेको भन्दै आफ्नो भाषा र संस्कृतिप्रति चासो बढोस् भनेर नै कार्यक्रमलाई सहयोग गरेको बताउनुभयोे । मगर भाषाका प्रशिक्षक रूद्रबहादुर श्रीस् मगरले मगर भाषा सिक्नका लागि १० दिनको समय पर्याप्त नभएपनि सिकेका कुरालाई निरन्तर अभ्यास एवं बोलीचाली र व्यवहारमार्फत् भाषा सिकाइको विकास गर्न सकिने भनाइ राख्नुभयो । नेपाल मगर संघ, पुतलीबजार नगर समितिका अध्यक्ष लीलबहादुर रानामगर, बरबोट मगर समूहकी अध्यक्ष निर्मला रानामगर,सदस्य दिलीप रानामगर, प्रशिक्षार्थी
१० दिनसम्म चलेको मगर भाषा कक्षामा प्रशिक्षक रूद्रबहादुर श्रीस्मगरले मगर भाषाको प्रशिक्षण दिनुभएको थियो ।

Facebook Comments Box
TOP