बुटवलका होटलमा यौन धन्दा मात्रै होइन युवतीको ‘किनबेच’ घटनाले प्रहरी अधिकारीलाइ नै झस्कायो।

hotel-wala

बुटवलका होटलमा यौन धन्दा मात्रै होइन युवतीको ‘किनबेच’ पनि हुने गरेको खुलासा भएको छ ।होटलको नाममा युवतीहरुको पसल राखेर होटल होटलमा सप्लाई गरिने नया घटना फेला परेपछि प्रहरी अधिकारीलाइ नै झस्काएको छ ।सानो होटलबाट बुटवलका ख्याती प्राप्त ठुला ठुला होटलहरुमा समेत यौन धन्दाका लागि युवती सप्लाई हुने गरेको तथ्य प्रहरीले फेला पारेको हो ।

hotel-wala

बुटवल ११ कालिकानगरस्थित राप्ती मेनु होटलमा करिब ६ महिनादेखि बन्धक जस्तै बनेकी कपिलबस्तु घर भएकी १५ बर्षिया किशोरी यौन शोषणको पिडा सहन नसकेर भागेपछि घटना बाहिर आएको हो ।होटलमा झाडु पोचा लगाउन भनेर राखिएकी युवतीलाइ यौन धन्दामा लगाउने गरेको सूचनापछि प्रहरीले बाग्लुङ निसिखोला ७ घरभइ बुटवल ११ मा होटल चलाउदै आएका होटल संचालक दम्पत्ती टेकबहादुर कुंवर र मिना कुमारी बस्नेत (मीना कुंवर)लाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक डिलबहादुर मल्लले बताए ।
भांडा माझ्न बसेकी किशोरीलाई होटलसंगै अन्य होटलमा समेत यौन सम्पर्कका लागि पठाउन थालिएपछि किशोरी भागेर घर गएकी थिईन् ।
प्रहरीका अनुसार राप्ती मेनु होटलमा किशोरी र युवतीहरु जम्मा गर्ने र बुटवलमा बिभिन्न होटलहरुमा यौनधन्दाका लागि पठाउने गरिएको थियो । किशोरीको बयानमा पनि हाफुलाई गाडीमा राखेर अग्ला घर भएको एसी चल्ने होटलमा पठाईएको ब्यहोरा आएको प्रहरीले जनाएको छ ।

कुंवर दम्पत्तीले युवतीहरुलाई एक पटक सम्पर्क गरेको १ हजार ५ सय र रातभरी बसेको ६ हजार सम्म लिने गरेको एसपी हृदय थापाले बताए । उद्धार गरिएकी किशोरीलाई भने एक पटक ३ हजार ५ सय र एक पटक एक हजार ५ सय मात्र दिएको किशोरीले बताईन् ।होटलमा काम गरेको पैसा पनि होटल संचालकले दिएका थिएनन् । उनले यौन शोषणमा लगाएबापतको पैसा आफैले बुझ्ने गरेका थिए ।

यौनधन्दा नियन्त्रण गर्न र समाजका बिकृतिलाई न्युनिकरण गर्न सक्रियतापुर्वक लागेको एसपि थापाको भनाइ छ । जटिल केश भएकाले शुक्ष्म अध्ययन अनुसन्धान गरिरहेको बुटवल प्रहरीले जनाएको छ ।

सोहि होटलमा केहि समयपहिले यौन धन्दाका लागि राखिएका युवतीहरु भागेका थिए ।पक्राउ परेका दम्पत्रीलाइ मानव बेचबिखन तथा संगठीत अपराधमा कारबाहि गरिने प्रहरीले जनाएको छ ती दम्पत्तीलाइ १५ बर्षको कैद सजाय पनि हुनसक्ने कानुनी ब्यबस्था छ ।प्रहरीले बुटवलमा पत्रकार सम्मेलन गरेर होटल संचालक कुवर दम्पती सार्बजनिक गर्दै ।

नागरिक आवाजको सहयोगमा

Facebook Comments Box
TOP