गण्डकी प्रदेश जनचाहना अनुसार अगाडि बढ्दैछ


मेखलाल श्रेष्ठ
उपनेता-नेपाली कांग्रेस संसदीय दल / सांसद-गण्डकी प्रदेशसभा , पोखरा .
नेपाली काँग्रेसबाट निर्वाचित प्रदेश सांसद मेखलाल श्रेष्ठ विगत ३२ वर्षदेखी सक्रिय राजनीतिमा हुनुहुन्छ । ४७ वर्षिय श्रेष्ठ स्याङजा भीरकोट नगरपालिका –१ का स्थायी वासिन्दा हुनुहुन्छ । सानै उमेरमा जानी –नजानी भएपनि २०३६ सालको आन्दोलनमा सहभागी श्रेष्ठ विपीको समाजवादबाट प्रभावित भई नेपाली काँग्रेसमा लागेको बताउनुहुन्छ । वि.स २०४४ सालबाट सक्रिय राजनीतिमा होमिएका श्रेष्ठ वालिङ बहुमुखी क्याम्पसमा नेविसघंको इकाई सभापती, जिल्ला उपाध्यक्ष, नेपाल तरुण दलको केन्द्रिय सदस्य, नेपाली काँग्रेसको महासमिती सदस्य हुदै प्रदेश सांसद समेत हुन पुग्नुभएको हो । विद्यार्थी राजनीति देखि यहाँसम्म आइपुग्दा श्रेष्ठको जीवनमा धेरै राजनीतिक उतार –चढाव आयो । तथापी उहाँ विचलित हुनुभएन । संघियता गठनसंगै प्रदेश सरकारको गतिविधि र अन्य समसामयिक विषयबस्तुमा आधारित भएर पत्रकार अमृत अर्यालले सांसद श्रेष्ठ संग गरेको कुराकानीको सम्पादित अंश …………..
१) सांसद ज्यु आराम हुनुहुन्छ ? प्रदेश सरकारको कार्यसम्पादन कस्तो भैरहेको छ ?
धन्यवाद । आरामै छु । सर्वप्रथम त म नवबर्ष २०७६ को शुभकामना व्यक्त गर्न चाहन्छु । प्रदेश सरकार गठनको १ वर्ष भैसकेको छ । नयाँ बजेट तर्जुमाको लागि छलफल भैरहेको छ । प्रदेशमा के कस्ता कार्यहरु अगाडि बढाएमा दीगो बिकास हुन सक्छ भनेर जनचाहना अनुसार प्रदेश अगाडि बढेको छ । सरकारमा हामी प्रतिपक्षको भुमिकामा रहेको हुँदा हाम्रो सुझाव र सल्लाह मात्र हो हाल सम्म यो सरकारले हामीलाई कुनै पनि कुरामा सोधनी र छलफल गरेको छैन । यदि हामीसँग छलफल र सहकार्य नगरेमा हामी प्रदेशको जनताको म्यान्डेट अनुशार प्रदेश सरकारलाई खबरदारी गर्न बाध्य हुनेछौ ।
२) सानैदेखि नेता बन्ने सपना पाल्नु भएको थियो कि ? विद्यार्थी राजनीति देखि आज सम्म आईपुग्दा कसरी सांसद बन्नु भयो त ?
कुनै पनि व्यक्ति आफ्नो चाहनाले नेता बन्ने होइन । हिजो खगेन्द्रराज रेग्मी र शिवकुमार अधिकारी गुरुको प्रेरणाबाट राजनीतिमा सक्रिय भएको हुँ । उँहाहरुले नै मलाई पार्टीमा लाग्न प्रेरित गर्नुभयो । कुनै पनि व्यतिm सासंद भइन्छ, मन्त्री भईएला भनेर राजनीतिमा लाग्ने होइन । म नेपाली काँग्रेस पार्टी मार्फत समाज सेवा गर्छु भन्ने भावनाले राजनीतिमा लागेको हुँ । नेविसंघ वालिङ क्याम्पसको इकाई सभापती, जिल्ला उपाध्यक्ष हुदै तरुण दलको केन्द्रिय सदस्य एँव पार्टीको महासमिती सदस्य भएर सक्रिय रुपमा काम गरे । आज म सांसद हुन्छु भनेर राजनीतिमा लागेको होइन । समाजसेवा गर्छु भनेर लागेको हँु ।
३) स्याङजा काँग्रेस यतिबेला पार्टी सभापती विहिन अवस्थामा छ । का.वा सभापतिको भरमा पार्टी संचालन भैरहेको छ । अबको स्थायी निकास के हुन सक्छ ?
नेपाली काँग्रेसमा अनुसासनको खाँचो छ । पार्टीलाई चुस्त र दुरुस्त गराउन जागरण अभियान थालिएको छ । दुई तिहाइको सरकारले गरेका राम्रा र नराम्रा कामहरुको बारेमा जनतालाई सुचित गराउन काँग्रेसको दायित्व हो । स्याङजाका हकमा तत्कालिन पार्टी सभापति पदमा पार्टी सचिव कुमार रानाले का.वा सभापतीका रुपमा काम गरिरहनु भएको छ । हिजो विपीले भने जस्तो काँग्रेसको संगठन हेर्न स्याङजा जानु झै बनाउन जिल्ला कार्यसमिती बिस्तार गरिएको छ । काँग्रेसलाई एकजुट बनाएर उहाँले समिती बिस्तार गर्नुभएको छ । सबैको सरसल्लाह अनुसार का.वा सभापती अगाडि बढ्नुभएको छ । उँहाले जिल्लाका ९७ वटै वडामा काँग्रेसलाई सक्रिय बनाउनु हुनेछ भन्ने विश्वास लिएको छु ।
४) प्रदेश सांसदको भुमिका खासै प्रभावकारी देखिएन भनिन्छ नि ? के तपाईहरुको उपस्थिती बैठकमा कोरम पुर्याउनैका लागि मात्रै हो त ?
प्रदेशको भुमिका केही कमजोर भएको होकि भन्ने अनुभव ७ वटै प्रदेशका मुख्य मन्त्रीहरुले समेत गर्नुभएको छ । केन्द्रिय सरकार र कर्मचारी तन्त्रको कारण प्रदेश ओझेलमा परेको आंशिक सत्यता हो । प्रदेशमा हामी जस्ता सांसदहरुको भुमिका गौण छैन । त्यहाँ हामी जनताको सेवा गर्न गएका हौ । प्रदेशमा हाम्रो भुमिका खोजेर जनताको सेवा गर्न गएका हांै । प्रदेशमा हामी पछी परेका छैनौ । प्रदेश साँंसदको भुमिका कमजोर भएको हैन केन्द्रिय सरकारले कमजोर बनाउन खोजेको हो । हामी हाम्रो भुमिकालाई निरिह बनाएर बस्नेवाला छैनौ ।
५) भुकम्प गएको ४ बर्ष पुग्यो । नेपालको पुननिर्माण राम्रो हुन सकेन , धेरै कमी कमजोरी भयो भनेर आलोचना छ । यसमा प्रदेशको भुमिका के हुन सक्छ ?
हो भुकम्प गएको ४ बर्ष भैसक्यो । अझै पनि भुकम्प पिडीतहरुको टहराको बास छ । यो नेपाल सरकारको ठुलो कमजोरी हो । हात राष्ट्र र सहयोगी मनहरुले दिएको रकम अझै सम्म खर्च गर्न सकेको छैन । प्राधिकरणका कर्मचारीहरु नै आम्दोलित भएर अहिले काम रोकिएको छ । यो काम प्रदेश सरकारको मातहतमा छैन । केन्द्रिय सरकारको मातहतमा छ प्राविधिकरणले प्रदेश र स्थानीय सरकारले अहिले सम्म सुनेको छैन । अल हामीलाई अधिकार दिएमा भुकम्प पिडीतहरुको राहत छिटो उपलब्ध हुनेछ ।
६) थोरै ब्यक्तिगत कुरा गरांै, बेकारमा राजनीतिमा हात हालिएछ भन्नेत लागेको छैन ?
मैले कसैको दबाबमा र राजनीति गरेको छैन । यसैलाई पेश मानेर राजनीति संगै व्यवसाय पनि गरीरहेको छु । मैले सबैले राजनीतिलाई मात्र पेशा नबनाउनुहोस भन्न चाहन्छु ।तपाईको लोकप्रिय पत्रिका मार्फत नेताहरुलाई स्वरोजगार बन्नुहोस भन्न चाहन्छु । हामीले अझ कार्यकर्तालाई समेत स्वरोजगार बनाउन सक्नुपर्छ । यसले गर्दा देशको विकास पनि हुन्छ र नेताले भ्रष्टाचार पनि गर्नुपर्दैन । त्यो भयो भने न देशमा बेरोजगार हुन्छ न राजनीति प्रति जनताको वितृष्णा हुन्छ । म राजनीतिमा लागेकोमा कुनै पश्चताप छैन । म धेरै खुसी छु ।
७) प्रदेश सरकारको आगामी निती तथा कार्यक्रमहरु के–के हुन ?
प्रदेश सरकारको निती तथा कार्यक्रमको हामीले अध्ययन गरिरहेका छांै । कामको सुरुवात नै नगरी विकास गरे भन्नु मुर्खता हो । हिजो काँग्रेसले गरेका कामको क्रेडिट यो सरकारले लिन खोज्दैछ । केन्द्र सरकारले झुटको खेती गरिरहेको छ । आफुसंग भएका स्रोत र साधन प्रयोग गरी गुरुयोजना निर्माण गरी निती तथा कार्यक्रम ल्याओस भनेर हामीले प्रदेश सरकारलाई सुझाव दिएका छांै ।
८) तपाई नेपाली काँग्रेसबाट निर्वाचित प्रदेश सांसद हुनुहुन्छ । अरु राजनीतिक पार्टी भन्दा यो पार्टीले कुन–कुन कुरामा फरक पहिचान बनाएको छ ?
हेर्नुस, नेपाली काँग्रेस सबैभन्दा पुरानो पार्टी हो । वि.सं. २०१६ सालमा विपीको नेतृत्वमा दुई–तिहाइको सरकार बनेदेखि नै यसले सुधारका कामहरु गर्दै आएको छ । रुपैया प्रथाको अन्त्य र भुमिहिनलाई भुमि वितरण कार्य नेपाली काँग्रेसले नै सुरु गरेको हो । नेपालको विकास यहाँसम्म आइपुग्नुमा काँग्रेसको नै हात छ । यदि सशस्त्र द्धन्द नभएको भए नेपालको विकास अझै बढी हुने थियो । नेपाली काँग्रेसले सुरु गरेको आर्थिक उदारीकरणको कारणले नै आजको बिकास सम्भव भएको हो । अहिलेको नेकपाको सरकार यसभन्दा अगाडि पनि पटक पटक सरकारमा गएको तर उसको नेतृत्वमा खासै विकास भएको देखिएन । यो सरकारले नयाँ योजना ल्याउन सकेको छैन । नेपाली काँग्रेसले सुरु गरेको मेलम्चीको पानी बल्ल अहिले आउदैछ । बंबइ सिंचाई , आयोजना नेपाली काँग्रेसले नै गरेको हो नेपाली काँग्रेस जे बोल्छ त्यही गर्छ तर कम्युनिष्टले उल्टो गर्छ । अरु पार्टी र काँग्रेसमा यहि फरक छ । कम्युनिष्टहरु ढाट्न सिपालु हुन्छन् । इतिहासमै सबैभन्दा धेरै भ्रष्ट्राचार अहिले भएको छ । मंहगो र कर अत्याधिक रुपमा बढेको छ । नेपाली काँग्रेसले ढाट्न जानेको छैन् । अहिलेको सरकार अधिनायकबाद तर्फ उन्मुख छ । आफुले हारेर पनि जनतालाई जिताउने पार्टी काँग्रेस हो । अरु पार्टी र यो पार्टीमा यही नै फरक छ ।
९) सांसद भईसकेपछि के पाठ सिकेर अगाडि बढ्दै हुुनहुन्छ ?
जनतामा सांसदले नै सबैथोक गर्दै जाओस भन्ने चाहना र आकांक्षा हुन्छ । सबैकुरा सांसदले गर्ने होईन । सांसदले त निती निर्माण तय गर्ने हो । विकास निर्माणमा सहजता अपनाउने हो । नेपाली जनताको सोचाइमा परिवर्तन ल्याउन जरुरी छ । सांसदले त उचित वातावरण सिर्जना गरिदिने मात्र हो । कानुनको कार्यान्वयन तर्फ सबै जानुपर्दछ । यो कुरा जनतालाई बुझाउनु जरुरी छ । सांसदले आफ्नो जिम्मेवारी वोध हुने गरी काम गर्नुपर्दछ । यसैमा सबैको भलाई हुन्छ भन्ने पाठ सिकेर अगाडी बढ्दै छु ।
१०) अन्त्यमा आँधीखोला खवर मार्फत आम नागरिकलाई के भन्न चाहनुहुन्छ ?
सर्वप्रथम त यो अवसरको लागि जिल्लाको लोकप्रिय अनलाईन आँधीखोला खवर डट कमलाई धन्यवाद दिन चाहन्छु । यो पत्रिका मार्फत के भन्न चाहन्छु भने नेपाली काँग्रेस पुरानो पार्टी हो । नेपाली काँगे्रस यो चुनावमा दोस्रो पार्टी हुन गएको छ । यो १ वर्षको अवधिमा विकास निर्माणको काम पटक्कै हुन सकेन । यो हुनुमा नेकपा सरकारको अहमता हो । नेपाली काँग्रेसलाई तपाईहरुको सहयोग र सुझाव चाहिएको छ । तपाईहरुले काँग्रेसलाई विश्वास गर्नुस । काँग्रेस झुटो बोल्दैन । तपाईहरुको लोकतान्त्रिक अधिकार र वैयक्तिक स्वतन्त्रताको पक्ष काँग्रेस सदैब तपाईको साथमा छ । तपाईका स–साना समस्याहरुमा समेत काँग्रेस कटिवद्ध भएर लागिपर्छ । तपाईहरु ढुक्क हुनुस नआतिनुस । तपाईहरुले देखेको पुरानो नेपाली काँग्रेस अझै पनि जिवित छ । देश बनाउने जिम्मा तपाई हाम्रो साझा दायित्व भएकाले सबै जुटौ भन्न चाहन्छु । आवश्यक परेमा सरकारको खवरदारी समेत गरौ भन्न चाहन्छु ।
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
१ महिना अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…