नेकपा अर्जुनचौपारी,बिरुवा र कालिगण्डकी गाँउ कमिटिद्धारा सपथ ग्रहण ।
आँधीखोला खवर / वालिङ :
नेकपा एमाले र माओबादी केन्द्र बिच एकता पश्चात बनेको स्याङ्जााका तीन गाउँ पालिकाका गाउँ कमिटि पदाधिकारीले सपथ ग्रहण गरेका छन् । स्याङ्जाका अर्जुन चौपारी, बिरुवा र कालिगण्डकी गाउँपालिकामा गाउँ कमिटी पदाधिकारीलाई एकै दिन सपथ गराइएको हो । अर्जुन चौपारी गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रिय सदस्य सिता कुमारी सुन्दासले अर्जुन चौपारी नेकपाको किल्ला बन्नु पर्ने बताउनुभयो । अग्रजले रोपेको बिरुवाले फल दिन थालेको बताउदै सुन्दासले गोडमेल गरेर धेरै पलाउनु पर्ने बताउनुभयो । नागरिकलाई सेवा दिन सपथ खाएको बताउदै सुन्दासले बिकासको नेतृत्व हेरक चरणमा नेकपाले गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा अनुसासन आयोगका सदस्य प्रेम नारायण पौडेल, जिल्ला अध्यक्ष सुर्य प्रसाद गैरे, गण्डकी प्रदेश सदस्य शैलेन्द्र घिमिरे, राम बहादुर थापा, लक्ष्मी पति पौडेल, जिल्ला सदस्य रामचन्द्र भट्राई, मोहन बहादुर अधिकारी, चिन मायाँ गुरुङ् लगायतले मन्तब्य राख्नु भएको थियो । एकता पश्चात पहिलो पटक चक्र बहादुर गुरुङको अध्यक्षतामा बनेको ७५ सदस्यीय गाउँ कमिटी मध्ये ६१ जना सदस्यले अर्जुन चौपारीमासपथ खाएका हुन् ।
यस्तै शुक्रबारै बिरुवामा नारायण सिंह थापाको अध्यक्षतामा बनेको ७५ सदस्यीय कमिटिलाई शैलेन्द्र घिमिरे र दिपक चर्तीमगर र कालिगण्डकीमा कृष्ण बहादुर लामिछाने मगरको अध्यक्षतामा बनेको ७५ सदस्यीय कमिटिलाई जिल्ला अध्यक्ष सुर्य प्रसाद गैरेले सपथ खुवाउनुभएको छ । जिल्लाको फेदिखोला, आधिखोला, भिरकोट, वालिङमा सपथ खुवाइ सकिएको छ भने पुतलिबजार, गल्याङ, चापाकोट, हरिनाशमा खुवाउन बाँकी रहेको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


