नेकपाले गर्यो स्याङ्जाका सबै स्थानीयतहमा नेतृत्व सिफारिस,प्रदेश कमिटिको अनुमोदन पछि घोषणा गरिने ।

oli-prachanda-nekapa_20190121014404_toXtJ5w5yu

राधाकृष्ण डुम्रे/स्याङ्जा :

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्याङ्जा जिल्लाका स्थानीयतहका लागि अध्यक्ष र सचिवको नामावली तयारपारी अनुमोदनको लागि गण्डकी प्रदेश कमिटिलाई पठाएको छ । ११ स्थानीयतह रहेको स्याङ्जा जिल्लामा ६ वटा गाउँपालिका र ५ वटा नगरपालिका रहेका छन् ।
जिल्ला नेतृत्व चयन भएसँगै नेपाल कम्युनिष्ट पार्टीले स्याङ्जाका स्थानियतहमा कमिटि गठनलाई तिव्रता दिदै आएको थियो । तत्कालिन माओवादी केन्द्रको भागमा परेको स्याङजाको अध्यक्षमा सुर्य प्रसाद गैह्रे ‘पारश’ र सचिवमा तत्कालिन एमालेका जिल्ला अध्यक्ष मिनप्रसाद गुरुङ यसअघि नै चयन भईसकेकाछन् ।
११ स्थानीयतह रहेको स्याङजामा ७ वटा स्थानियतहको नेतृत्व तत्कालिन एमाले र ४ वटाको नेतृत्व तत्कालिन माओवादी केन्द्रले पाएकाछन् । गल्याङ र भिरकोट नगरपालिका तथा विरुवा र आँधीखोला गाँउपालिका तत्कालिन माओवादीको भागमा परेको छ भने पुतली वजार,वालिङ,चापाकोट नगरपालिका तथा अर्जुनचौपारी, कालिगण्डकी,फेदीखोला र हरिनास गाँउपालिका तत्कालिन एमालेको भागमा परेकोछ ।
नेकपाभित्र प्रदेश र जिल्लाको नेतृत्व छनोट गर्न ठूलो विवाद परेको थियो त्यस्तै स्थानीय तहमा पनि नेतृत्व टुङ्ग्याउन नेकपालाई निक्कै समस्या परेको थियो त्यस्तै स्याङजाका स्थानीयतहका लागि आकांक्षी धेरै हुँदा समस्या देखिए पनि सहमती कै आधारमा नेतृत्वको चयन गरी अनुमोदनको लागि पठाईएको जिल्ला तहका नेताले बताए ।
स्याङ्जाका लगभग सबै स्थानीय निकायहरूमा पनि जिल्ला नेतृत्वकै मोडेलमा अध्यक्ष र सचिवको टुंगो लागेको छ । अध्यक्ष पूर्व एमालेबाट भए सचिव पूर्व माओवादीका छन् भने पूर्व माओवादी अध्यक्ष भए सचिव पूर्व एमालेबाट छानिएको छ ।
अध्यक्षका लागि सवैभन्दा धेरैजनाको प्रतिस्पर्धा वालिङ नगरपालिकामा रहको थियो । तत्कालिन एमालेको भागमा परेको वालिङमा जिल्लाका चर्चित अनुहारहरु नै प्रतिस्पर्धामा उत्रिएका थिए । नेकपा वालिङ नगर कमिटि तदर्थका संयोजक राजेन्द्र डुमे्र, तत्कालिन नगर अध्यक्ष शोभाकान्त पौडेल, जिल्ला समन्वय समितिका उपाध्यक्ष दिलिप कुमार बगाले, नगर प्रमुखका प्रत्यासी पुण्य प्रसाद अर्याल, क्षेत्रिय कमिटि उपाध्यक्ष गिरमान् गुरुङ र युवा संघका अध्यक्ष दामोदर तिवारी अध्यक्ष बन्न दौडधुपमा लागेको भए पनि युवा नेता राजेन्द्र डुम्रेले नगरकमिटिको अध्यक्षका लागि सिफारिस गरिएको छ । उदय श्रेष्ठ नेतृत्वका सिफारिस समितिले उनीहरु सवैको नाम पठाएको थियो । सचिवमा भने अर्का युवा रमेश अर्यालको नाम सिफारिस गरिएको छ ।
पुतलीवजार नगर कमिटिको अध्यक्षमा तारा शर्मा तथा सचिवमा हुमबहादुर कुमाल सिफारिस भएकाछन् त्यस्तै भिरकोट नगरको अध्यक्षमा मिन प्रसाद कोईराला र सचिवमा वद्यार्थी नेता विश्वनाथ अर्याल सिफारिसमा परेकाहुन् ।
उता चापाकोट नगर कमिटीको अध्यक्षमा ३ जना प्रतिस्पर्धी भए पनि सीताराम गैहै्र र सचिवमा युवा नेता राजु कोईराला चयन हुनुभएको छ ।
कालिगण्डकी गाँउकमिटिको अध्यक्षमा कृष्ण लामिछाने र सचिवमा ईन्द्र थापा, हरिनास गाँउकमिटिको अध्यक्षमा मनोरथ रिजाल तथा सचिवमा प्रेम प्रसाद हमाल पौडेल चयन हुनुभएको छ । त्यस्तै आँधीखोला गाँउ कमिटिको अध्यक्षमा भुवानी प्रसाद ढकाल र सचिवमा सिंह वहादुर क्षत्री सर्वसम्मत भएकाछन् उता माओवादीको भागमा परेको गल्याङ नगरकमिटिको अध्यक्षमा नारायण प्रसाद अधिकारी तथा सचिवमा दान वहादुर थापा चयन हुनुभएको छ । उता फेदीखोला गाँउ कमिटिको अध्यक्षमा खड्क बहादुर रानाभाट र सचिवमा सुवास पौडेल चयन हुनुभएकोछ । अर्जुनचौपारी गाँउ कमिटिको अध्यक्षमा चक्र बहादुर गुरुङ र टंक प्रसाद खनाल तथा विरुवा गाँउ कमिटिको अध्यक्षमा नारायण सिंह थापा तथा सचिवमा गोपाल कोईराल ाचयन भएको नेकपा श्रोतले जनाएको छ ।
उनीहरुलाई नेकपा प्रदेश कमिटिले अनुमोदन गर्नुपर्नेछ । अनुमोद पश्चात जिल्ला कमिटि स्याङजाले घोषणा गर्ने बताईएकोछ ।

आँधीखोला खवरलाई प्राप्त नामावली :

Facebook Comments Box
TOP