सम्पादकीय : अनलाइन पत्रकारिता र हाम्रो भुमिका ।

Asset 3@2x-100


सन् १४५६ मा प्रिन्टिङ्ग प्रेसको आविष्कार भएपछि सुरु भएको पत्रकारिता वर्तमान समयसम्म आइपुग्दा यसले सूचना प्रविधिलाई आत्मसात् गरेर मात्र पूर्ण बन्ने अवस्थामा आईपुगेको छ । छापा पत्रकारिता रेडियो, टेलिभिजन, हँुदै इन्टरनेटको युगको अनलाइन पत्रकारिता सम्म आइपुगेको छ । सूचना प्रविधिमा आएको पछिल्लो विकास क्रमले इन्टरनेटमा श्रव्य, दृश्य, तस्वीर र अक्षरका माध्यमबाट समाचार वा कुनै पनि सूचना एक स्थानबाट राखेपछि संसारभर क्षणभरमा हेर्न सकिने भएकाले यस प्रविधितर्फ पाठकको आकर्षण बढ्दो छ । विश्वको जुनसुकै स्थानमा प्रकाशन तथा प्रसारण हुने पत्रपत्रिका तथा रेडियो टेलिभिजन पढ्न सुन्न र हेर्न सकिने प्रविधिको विकास इन्टरनेट प्रविधिले सहजता बनाएको छ ।
अनलाइन वा इन्टरनेट सञ्चार अहिलेको महत्वपूर्ण पक्ष बनिसकेकोछ । कम्प्युटर र फोनको माध्यमद्वारा सहजै सन्देश सम्प्रेषण गरिने हुँदा पनि यस्को महत्व अझै वढ्न गएको जगजाहेरै छ ।
अहिले लाखांैको संख्यामा राष्टिूय अन्तर्राष्ट्रिय अनलाइन न्यूज पोर्टल र विभिन्न संचार माध्यमका अनलाइन संस्करणहरु हेर्न, सुन्न र पढ्न सकिन्छ । विश्वभरका सबै जसो अखबार, टिभि र रेडियोका अनलाइन संस्करण पाउन सकिन्छ ।
समाचार संकलन, लेखन र सम्पादन गरी इन्टरनेटको माध्यमबाट श्रोता, दर्शक र पाठकसमक्ष समाचार तथा सन्देश पु¥याउने आधुनिक पत्रकारिताको नै अनलाइन पत्रकारिता वा ई–पत्रकारिता हो ।
नेपालमा पनि सूचना तथा सञ्चार प्रविधि अनलाइन पत्रकारिता क्रमिकरुपमा बढ्दै गएको छ । विश्वमा लामो समयदेखि इन्टरनेटको प्रयोग भए पनि नेपालमा सन् १९८९ मा पहिलो पटक वल्र्डभ्यू नेपाल र नेपाल वातावरण पत्रकार समूहले इन्टरनेटको प्रयोग गरेको पाइन्छ । संस्थागत रुपमा वि.सं २०४८ देखि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टले इमेलको सुरु गरेको हो ।
सूचना प्रविधिको क्षेत्रमा भएको विकासले अहिले कम्प्युटर र इन्टरनेटको प्रयोग बढ्दै गएको छ । इन्टरनेटको बढ्दो प्रयोगसँगै अनलाइनमा समाचार लगायतका सामग्री पढ्नेहरुको संख्या समेत उल्लेख्य रुपमा बढेको छ । देशका अधिकांश भुभागमा ईन्टरनेटको पहुँच पुगेको छ । पहिलेको तुलनामा केही वर्ष यता यसको विस्तार र सेवाप्रदायक संस्था बीचको प्रतिस्पर्धाका कारण इन्टरनेट सेवा सस्तो र छिटो हुन थालेको छ । यसले अनलाइन सेवाको विकास र विस्तारमा थप सहयोग गरेको छ । अनलाइन प्रति थुप्रै पाठकहरुको ईच्छा अनुशार नै आँधीखोला खवर सञ्चालनमा आएको जानकारी गराउन चाहन्छौ । स्याङजाको पत्रकारिताको बिकासको चरण पनि निक्कै तिव्र गतिमा अगाडि बढिरहेकोछ ।
आँधीखोला खवर स्याङ्जा तथा आसापासका क्षेत्रमा केन्द्रित रहनेछ, विशेषतः गण्डकी प्रदेश र ५ नम्वर प्रदेशमा केन्द्रित रुहने उद्देश्य रहेको जानकारी गराउदछौं । स्याङ्जाका क्रियाशिल पत्रकार साथीहरुको साथ र सहयोगमा यो अनलाईन पत्रिका अगाडि वढ्ने छ । निश्पक्ष पत्रकारिता हाम्रो मुल मन्त्र हो । सत्य तथ्य र स्पष्ट समाचार दिन यो अनलाईन सदैव क्रियाशिल रहने प्रतिवद्धता व्यक्त गर्न चाहान्छौं । समाजको सर्वाङ्गिण बिकासका लागि हाम्रो सहकार्य स्थानियतहसँग निरन्तर रहनेछ । पाठक बर्गको निरन्तर सहयोग, सुझाव तथा सहकार्यको अपेक्षा गर्दछौं ।

Facebook Comments Box
TOP