गणतन्त्र दिवसमा कांग्रेसले गर्यो विपी शालिक परिसरमा दिप प्रज्वलन ।
भवानी अधिकारी / स्याङजा :
एघारौं गणतन्त्र दिवसको अवसर पारेर नेपाली कांग्रेस स्याङजाले बुधवार साँझ दिप प्रज्वलन गरेको छ ।
पुतलीबजार नगरपालिका १ स्थित वीपी चोकमा अवस्थित वीपीको शालिक परिसरमा कांग्रेस कार्यकर्ता भातृसंगठनहरुले साझमा मैनबत्ती बालेर दिप प्रज्वलन गरेका हुन ।
दिप प्रज्वलन गर्दै कृषि श्रमिक संघका केन्द्रीय अध्यक्ष बिमला गैरेले लामो संघर्ष र बलिदानले प्राप्त गणतन्त्रको संरक्षण र सम्बद्र्धन गर्न नेपाली कांग्रेसजनहरु एकबद्ध हुनु पर्ने बताउनुभयो । जब जब कांग्रेस कमजोर हुन्छ । तव तब मुलुकमा हत्या, हिसा, बलात्कार र भ्रष्टाचारका घटना बढ्ने बताउनुभयो ।
मुलुकमा बढ्दो हत्या, हिंसा, बलात्कार, भ्रष्टाचार जस्ता कार्यलाई निमूल बनाउदै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संरक्षण गर्दै हिजोका तित्तता र रिक्ततालाई विर्सेर अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्मा, रेडियो स्याङजाका पूर्व अध्यक्ष हेमराज अर्याल, शिक्षक संघका उपाध्यक्ष बन्दना लम्साल, स्याङजा उद्योग वाणिज्य संघका ततृीय उपाध्यक्ष सुनिता पौडेल, स्वतन्त्र बिद्यार्थी यूनियन त्रिभुवन क्याम्पस सभापति अजित क्षेत्री लगायतले गणतन्त्र दिवसका अवसरमा शुभकामना ब्यक्त गर्नुभएको थियो ।
पुतलीबजार नगरपालिका १ का वडा सदस्य कुलानन्द लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन युवा नेता नवराज सुवेदीले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


