कुँवर समाजले मनायो शिवालय मन्दिरको १४औँ वार्शिकोत्सव

आँधीखोला खवर / वालिङ :
कुँवर समाज स्याङ्जाले वालिङ ८ स्थित शिवालय मन्दिरको १४ औँ वार्शिकोत्सव मनाएकोछ । वार्शिकोत्सवको उद्दघाटन गर्दै कुँवर समाजका केन्द्रिय संरक्षक छविलाल कुँवरले कुँवर समुदायको हकहितका लागि सबै एकजुट हुनुपर्ने भन्दै आध्यात्मले मानिसलाई सतमार्गमा हिडाँउन अभिप्रेरित गर्ने बताउनुभयो ।
कार्यक्रममा समाजका केन्द्रिय संरक्षक टुकनारायण कुँवरले आफूहरु समग्र मानव कल्याणम लागेको जानकारी दिनुभयो । कुँवर समाजका जिल्ला अध्यक्ष छविलाल कुँवरले आफूहरु जिल्लामा रहेका आफ्ना संस्कृतिहरुको संरक्षण गर्न लागि परेको जानकारी दिनुभयो ।
कार्यक्रममा समाजका केन्द्रिय सदस्य केशबहादुर कुँवर, वरिष्ठ सल्लाहकार केशरबहादुर कुँवर, भविश्वर कुँवर, ठगबहादुर कुँवर, गुनाखर कुँवर, चिन्तामणि कुँवर, महिला अध्यक्ष श्याममाया कुँवर, नगरकमिटि अध्यक्ष सुर्यबहादुर कुँवर, गाउँकमिटि अध्यक्ष खिमबहादुर कुँवर, मन्दिर व्यवस्थापन समिति अध्यक्ष हिमलाल कुँवर लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा उपप्रमुख कल्पना तिवारी, ल्या. यामबहादुर गुरुङ, वडा अध्यक्ष कमल सुवेदीलगायतको समेत उपस्थिति रहेको थियो । शिवालय मन्दिरका अध्यक्ष टुनबहादुर कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कमल कुँवरले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जामा बालिकालाई जवरजस्ती करणी गर्ने एक पक्राउ
-
उपकारको अधिवेशन असोज २९ देखि, उमेद्वार हुन तालिम र परीक्षा पास अनिवार्य
-
वालिङमा बसपार्क निर्माण गर्न नगर बिकास कोषसंग ऋण सम्झौता,नमुना बषपार्क बन्ने ।
-
राष्ट्रिय लोक तथा प्रतिष्ठान स्याङ्जाको वार्षिक साधारणसभा सम्पन्न
-
सरकार र शिक्षकहरूबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

भीरकोटले दियो प्राविधिक शिक्षाका लागि छात्रावृत्ति
४ दिन अगाडि
भीरकोट : स्याङ्जाको भीरकोट नगरपालिकाले ६ जना विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि पूर्ण छावृत्ति प्रदान गरेको छ । वालिङ नगरपालिकामा…