‘ कांग्रेसको साथ नपाएको भए बाबुराम कुन म्युजियममा हुन्थे ?’
‘ काँग्रेसले बाबुराम भट्टराईलाई चिडियाखानामा राख्नुपर्छ भन्दैन ‘

काठमाडौं। समाजवादी पार्टी गठन गरेपछि केहि हौसिएका डा बाबुराम भट्टराईले काँग्रेस पार्टीका बारेमा गरेको टिप्पणीलाई लिएर कांग्रेसका नेताहरुले प्रतिवाद गरेका छन्। कांग्रेसको वलबुतामा गोरखाबाट सांसद भएका भट्टराईले वैगुनी चरित्र देखाएर गरेको टिप्पणीमा उनीहरुले प्रतिवाद गरेका हुन्।
नेपाली कांग्रेसका नेताहरु अर्जुननरसिंह केसी, धनराज गुरुङ, रामहरी खतिवडा लगायतका नेताहरुले भट्टराईलाई पाठ पढाएका छन्। उनीहरुले भट्टराईलाई राजनीतिक संस्कार देखाउन पनि भनेका छन्।
कांग्रेस नेता अर्जुननरसिंह केसीले भट्टराईलाई यस्तो जवाफ दिएका छन्ः कांग्रेसलाई म्युजियममा राख्ने डा भट्टराईको अभिव्यक्ति कल्पित ईच्छा र लोकतन्त्रबिरोधी मानसिकता हो। आफ्नै पार्टीलाई म्युजियममा थन्क्याउदै सहयोगिमाथिको भद्दा भनाइले उहाँको अस्थिरता र अबिस्वस्नियता मात्र प्रदर्शित भएको छ। बैकल्पिक दल बन्न अरुलाई गाली होइन परिश्रम र पराक्रम गर्नोस्, हाम्रो शुभकामना छ।
अर्का कांग्रेस नेता धनराज गुरुङले दिएको जवाफ यस्तो छः एकजना पार्टी फेर्दै हिंड्ने श्रदेय नेताले ‘ नेपाली कांग्रेसलाई म्युजियममा राख्नुपर्छ ‘ भनेका रहेछन् । तर पार्टी फेर्दै हिंड्ने नेता यस्ता हुन्छन् भनेर प्रदर्शन गर्न चिडियाखानामा राख्नुपर्छ भनेर म भन्न चाहन्न किनकी राजनीतिमा विचारको वहस चलाउनु पर्छ, नकि गालीगलौजको।
अर्का कांग्रेस नेता रामहरी खतिवडाले भट्टराईलाई वैगुनी भन्दै काँग्रेस नभएको भए उनी आफै कुन म्युजियममा हुन्थे भनि उनैमाथि कटाक्ष गरेका छन्।
–हाम्राकुरा अनलाईनबाट
समाचार
थप सामाग्री
फूल बेचेर राम्रो आम्दानी गर्दै चापाकोटका कृषक भण्डारी ।
२ हप्ता अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जाको चापाकोट नगरपालिका–१, बेलडाँडाका कृषक तुलसीराम भण्डारीले फूल बिक्री गरेर राम्रो आम्दानी गर्नुभएको छ । भण्डारीले यो…


