कांग्रेसको जागरणसभा आँधीखोला गाँउपालिकामा सम्पन ।

आँधीखोला खवर/ आँधीखोला :
नेपाली कांग्रेसको जागरणसभा आँधीखोला गाँउपालिकामा सम्पन भएको छ । आँधीखोला गाँउपालिका वडा नम्वर ५ कृषि पुलको मुखमा भएको कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य गोपालमान् श्रेष्ठले कांग्रेस एकजुट भएर लाग्न जरुरी रहेको बताउनुभयो । बर्तमान् सरकार अधिनायकवाद तर्फ अगाडि वढिरहेको भन्दै सरकारको क्रियाकलाप जनताले वुझिसकिको दावी गर्नुभयो । पूर्व उपाप्रधानमन्त्री समेत रहनुभएका नेता श्रेष्ठले कम्युनिष्टको नीति नै आफू मटाउने रहेको दावी गर्नुभयो ।

कार्यक्रमा अर्का केन्द्रिय सदस्य एवं जागरण अभियानका लागि केन्द्रिय प्रतिनिधी गोविन्द प्रसाद भट्टराईले जनतालाई जागरुक र सचेत बनाउनको लागि जागरण अभियान शुरु गरिएको जानकारी दिनुभयो । सरकार कै कारण देशमा हत्या हिंसा तथा अशान्ती वढेको भन्दै नेता भट्टराईले जनता जागरुक हुने बेला आएको जिकिर गर्नुभयो ।
जागरण सभामा कार्यक्रम संयोजक एवं महाधिवेशन प्रतिनिधि प्रेमराज पौडेल, महाधिवेशन प्रतिनिधी लेखमाया पौडेल, कांग्रेस नेता प्रदिप पौडेल लगायतले बोलेका थिए ।
आँधीखोला गाँउपालिकाका संयोजक नारायण प्रसाद पौडेलको अध्यक्षतामा भएको जनगाजरण सभाको सञ्चालन गीता चापागाईले गर्नु भएको थियो ।
जागरण अभियान अन्तर्गत भोलि फेदीखोलामा जागरण सभा हुने कांग्रेस स्याङ्जाका कार्यवहाक सभापति कुमार रानाले जानकारी दिनुभयो ।

समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…