आन्तरिक गुटबन्दीले कांग्रेस पराजित — भट्टराई

भवानी अधिकारी / स्याङ्जा :

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोबिन्दप्रसाद भट्टराइले नेपाली कांग्रेसको पराजित हुनुको पहिलो कारण आन्तरिक गुटबन्दी भएको बताउनु भएको छ । गुट र उपगुटका कारण पार्टी उम्मेदवार पराजित भएको बताउदै चुनावी रणनीति बनाउन नजान्नु पनि दोश्रो कारण भएको बताउनु भयो । राष्ट्रियता, लोकतन्त्र, समाजवाद मुल नाराका साथ नेपाली कांग्रेस पुतलीबजार नगरपालिका स्याङ्जाद्धारा आयोजित जागरण अभियान कार्यक्रमलाई सम्बोधन गर्दै नेता भट्टराईले गाँउ जागरण अभियानले काँग्रेसमा एकताको शन्देश जानेगरी कार्यक्रम गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । बर्तमान सरकार जनचाहना बमोजिम अघि बढ्न नसकेको आरोप भट्टराईको थियो । सरकार सुरक्षा परिषद सम्बन्धी बिधेयक, मिडिया काउन्सिल बिधेयक र मानवअधिकार सम्बन्धि बिधेयकलाई आफनो नियन्त्रणमा राख्दै अधिनायकबाद तर्फ जान थालेको भट्टराईको भनाई थियो ।

गाँउ जागरण अभियानका स्याङ्जा खटिएका भट्टराईले निर्वाचनमा भोगेको हारबाट पाठ सिक्दै कांग्रेसजन एकढिक्का भएर अघि बढ्न आग्रह गर्दै संबिधान अनुरुप सरकार चल्न र बिधान अनुरुप पार्टी संचालन गर्नुपर्नेमा उहाँको भनाई छ । कांग्रेसको हार मुलुककै हार भएकोे बताउदै सरकार दुई तिहाईको दम्भबाट चल्दा नागरिकमा नैराश्यता पैदा भएको उहाँले जोड दिनुभयो ।

कार्यक्रममा कृषि श्रमिक संघका केन्द्रीय अध्यक्ष विमला गैहै्र, महासमिति सदस्यद्धय तुलसी गिरी र हिरादेवी शर्मा, पुतलीबजार नगर सहसचिव धु्रवबन्धु पौडेल, तरुणदलका उपाध्यक्ष रबिन केसी, पूर्व नयाँ शक्ति पार्टीवाट कांग्रेसमा प्रवेश गरेका बिन्दु केसी लगायतले मुलुक निर्माणका लागि कांग्रेसको नेतृत्व आवश्यक रहेकोमा जोड दिए । पुतलीबजार नगरसभापति बेदप्रसाद दोरंगााको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन सचिव मनोज मल्लले गर्नुभएको थियो । यसैबीच, पूर्व नयाँ शक्तिमा रहेर क्रियाशिल एवं फेदिखोला गाउपालिकाबाट उपाध्यक्ष पदका उम्मेदवार बिन्दु केसी नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ । मुलुक निर्माणका लागि नेपाली कांग्रेसमा आवद्ध हुनुको बिकल्प नरहेको जनाउदै केसीले सबैको बिचार, भावना र मुलुक निर्माणको एक मात्र पार्टी कांग्रेस रहेको केसीको दावी छ ।

Facebook Comments Box
TOP