अहिलेको सरकार अधिनायकबाद तर्फ उन्मुख भयो : कांग्रेस नेता श्रेष्ठ

आँधीखोला खवर/स्याङ्जा,
नेपाली कांग्रेसका केन्द्रिय सदस्य गोपालमान श्रेष्ठले कम्युनिष्ट सरकार अधिनायकबाद तर्फ उन्मुख भएको आरोप लगाउनुभएको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका २ मा कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्दै पुर्व मन्त्री समेत रहनुभएका नेता श्रेष्ठले सरकारका योजनाहरुबाट दिर्घकालिन फाईदा नुहँने बताउनुभयो । साथै उहाँले सरकारका गलत कामकावार्हीलाई खबरदारी गर्न कार्यकर्ताहरुमा सुदृढिकरणको आवश्यक रहेको बताउनुभयो
कार्यक्रममा पुर्व सांसद मोहनप्रसाद पाण्डे, शंकरप्रसाद पाण्डे, प्रदेश सभा सांसद भागवतप्रकाश मल्ल, कार्यबहाक जिल्ला सभापति कुमार राना, साविक क्षेत्रिय सभापति ईश्वर खांण, शालिकराम न्यौपाने, गुल्मी कालीगण्डकी गाउँपालिका अध्यक्ष देव रानालगायतले बोल्नुभएको थियो । गाउँपालिकाका ३ सय बढी कार्यकर्ताहरुको सहभागिता रहेको प्रशिक्षणमा विषय विज्ञहरुले प्रशिक्षण प्रदान गर्नुभएको कार्यक्रम संयोजक यामप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…