अमिनका दुःख………………

प्रतीक्षा काफ्ले / स्याङ्जा :
पढेर लोकसेवामा नाम निकाल्न सके निकै सजिलो हुन्छ भनेर उनी निजामती जागिरमा प्रवेश गरे । सरकारी जागिर खाएपछि जिविको पार्जनमा सहज हुन्छ भन्ने मान्यताले उनी पनि निजामतीप्रति आकर्षित भएका थिए ।
धनगढी जिल्लामा जन्मिएका कृष्णदत्त पन्त हाल स्याङ्जाको नापी कार्यालय वालिङ्मा कार्यारत छन् । अमिन पद रहेका पन्तले कार्यालयको सुचना अधिकारीको जिम्मेवारी समेत समाल्दै आएका छन् । जग्गाको काम साह्रै झन्झटिलो रहेको बताउदै पन्त भन्छन्, ‘फिल्डमा नै गएर नाप्ने काम त बरु सकिहालिन्छ तर, कार्यालय फर्किएर सेवाग्राहीको चित्त बुझाउदा निकै समय लाग्छ ।’
छेउ–कुना नमिलेको जमिन र झगडा परेको परिवारको अंश कित्ता गर्ने गरी ना“पजा“च गर्ने जग्गामा बढी समय लाग्ने उनी बताउछन् । उनका अनुसार विवाद नभएको जग्गा ना“प्नको लागि फिल्डमा खासै समय लाग्दैन । कार्यालयको दुरी कति छ भन्नेमा मात्र भर पर्छ । तर, फिल्डमा नापेर आए पश्चात कार्यालयमा गर्नुपर्ने काम अथाह हुन्छ ।’ झगडालु परिवारको व्यक्ति पिच्छे अंशको कित्ता का“टको काम गर्दा चार महिना पुगेको अनुभव उनीसंग छ ।
‘एउटा रेखा तान्नको लागि चार महिना लाग्छ । तर, अन्य कार्यालयमा दिइने सेवाभन्दा नापीमा आउने सेवाग्राही अमिनको काम झन्झटिलो हुन्छ भन्ने बुझ्दैनन्’ उनले भने, ‘कर्मचारीले काम गर्दिएनन् भन्ने सूचना बाहिर जान्छ । एउटा रेखा तान्यो अनि सेवाग्राहीलाई प्रिन्ट गरेर दियो एउटै परिवारको एउटा सदस्यले हुन्छ भन्छ अर्कोले हुदैन । फेरी अर्काले अर्को डिजाइनमा रेखा तान्न लगाउछ । यस्तै–यस्तै कारण कामको समय लम्बिने हो ।’
उनले निजामती भएपछि पाउने सुखभन्दा भिन्न अनुभव बटुलेको बताए । नापी कार्यालय प्रमुख प्रदीप श्रेष्ठ पनि अमिनको काम गर्छन् । अन्य अमिन कर्मचारी व्यस्त हुदा“ र झगडा परेका परिवारको काम नमिल्दा सम्म उनी आफै फिल्ड देखी कार्यालय सम्मको काममा खटिने बताउछन् । यसो त कार्यालय प्रमुखको काम जमिन ना“प्ने र काट्ने मात्र हुदैन । जग्गाको नक्सा उर्ताने काममा पनि उत्तिकै व्यस्त हुने अर्का अमिन रामकृष्ण विक बताउछन् ।
‘हामीले काम र क्षेत्र बा“डफा“ड गरेर रहेका हुन्छौ’ उनले भने, ‘सवै कर्मचारी मिलेर काम गर्दा सजिलो र छिटो पनि हुन्छ । सल्लाह गरेर नै कोही बाहिर फिल्डमा हिडेका हुन्छौ भने कोही कार्यालयमा नै बसेर सेवा दिन्छौ । यसले गर्दा एउटा अमिन कर्मचारी बाहिर भएमा कार्यालय आउने सेवाग्राही रित्तो हात फर्किनु पर्दैन् ।’ तीन बर्षपहिले वालिङ्मा स्थापित नापी कार्यालयमा प्रमुखबाहेक अमिन पदमा तीन जना कर्मचारी कार्यरत छन् ।
‘जागिरको करीब १५ बर्षिय अनुभव छ’ सुचना अधिकृतसमेत रहेका पन्त भन्छन्, ‘वालिङ्मा अहिले हाम्रो टिम एकदम मिलेको छ । एक–अर्कामा सम्मान् गर्छौ । कार्यालयभित्र र बाहिरी फिल्डमा गर्ने काम सल्लाह गरेर कसले कहा“ गर्ने भन्छौ । कार्यालय प्रमुख र म अधिकांश काम कार्यालय भित्रको नै गर्छौ । बा“की दुई जना अमिन साथी फिल्डमा खटिनुहुनछ ।’ उनले आफूहरु उदाहरण बनेर सेवा दिएको दाबी गरे । कर्मचारीको सहकार्यले स्याङ्जा बसाईको कार्यकाल स्मरणीय रहने उनको अनुभव छ ।
अमिनको काम दुखसंगै झन्झटिलो भएकाले विभिन्न जिल्लामा रहदा टिम नमिलेको अनुभव सुनाउदै उनले पुनःभने, ‘टिम मिल्दा काम प्रभावकारी हुन्छ । जतिसुकै गाह्रो र असहजिलो काम भएपनि एक–आपसमा सुल्झाउनतर्फ लाग्छौ र सेवाग्राहीले कर्मचारीप्रति सम्मान दिन्छन् ।’ उनले सेवाग्राहीको खुशि नै कर्मचारीको जिम्मेवारी रहेको सुनाए ।
यसो त अदालतमा मुद्दा मामिला पश्चात मिलापत्रको लागि जग्गाको काम गर्न आउनेहरु पनि निकै भेटिन्छन् । विदेशमा बसेर वा जिल्लाबाहिर रहेका अधिकाशं मानिसको जग्गा विवादित हुन्छ । उनको अंशियारा सवैलाई चित्त बुझाएर लैजाने काम अमिनको नै रहेको बताउ“छन् अर्का अमिन अर्जुन जोशी । ‘यस्ता विवादित जग्गा पटक–पटक ना“प्न फिल्ड जानुपर्ने हुन्छ’ उनले भने, ‘कुनै–कुनै जमिन त यति सम्म लफडा हुन्छ की काम गर्न नै अन्योल हुन्छ । त्यस्तै नमिलेको जग्गाका धनी पनि नमिलेका नै हुन्छन् । जसले गर्दा एउटै काममा पटक–पटक समय खर्चिनुपर्छ ।’
सामान्यतयाः सर्वसाधरणमा जग्गाजमिनको काम मालपोत कार्यालयमा हुन्छ भनिएता पनि सम्पुर्ण काम नापी कार्यालयबाट गर्नुपर्ने हुने कार्यालय प्रमुख प्रदीप श्रेष्ठले बताए । ‘मालपोत कार्यालयमा गरिने भनेको काम विग्रिएको कित्ता सच्याउने र नामासरी मात्र हो’ श्रेष्ठले भने, ‘जमिन ना“पजा“च देखी कित्ता का“ट सवै काम नापीमा नै हुने हो ।’

Facebook Comments Box
TOP